+
+
Shares

प्याब्सनद्वारा पाठ्यपुस्तकको ‘अवैध’ बिक्री, शिक्षा मन्त्रीले भने- कारबाही गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते १८:१३

Girirajmani-Pokhrel४ जेठ, काठमाडौं । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले गैरकानुनी रुपमा पाठ्यपुस्तक छापेर बिक्री वितरण गरेको पाइएको छ । एमाओवादी निकट अखिल क्रान्तिकारीले त्यसलाई अवैध भन्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना कक्षा १ देखि १० सम्म ‘प्याब्सन साइन्स’ नामक पुस्तक बिक्री वितरण गरिरहेको अखिल क्रान्तिकारीको भनाइ छ । मंगलबार ति पुस्तकहरुका केहि प्रति शिक्षामन्त्री गिरीराजमणि पोख्रेललाई बुझाउँदै क्रान्तिकारीका नेताहरुले तीन दिनभित्र कारबाही गर्न अल्टिमेटम दिएका छन् ।

मन्त्री पोखरेलले उक्त पुस्तकका विषयमा तीन दिन भित्र छानविन गरी आवश्यक कार्बाही गर्ने प्रतिबद्धता जनाएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

‘शिक्षाको नाममा अर्को व्यापार सुरु भएको छ, यो सरासर गैरकानुनी काम हो,’ क्रान्तिकारीका प्रवक्ता बस्नेतले अनलाइनखबरसँग भने, ‘तीन दिनभित्रमा यस विषयलाई टुंगो नलगाइए विद्यालयहरुमा गई गैरकानुनी पुस्तक जफत गरी भण्डाफोर गर्छौं ।’

‘प्याब्सन साइन्स’ नामक ति पुस्तकमा ‘पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत’ भनेर लेखिएको छ । तर, पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले ति पुस्तकलाई स्वीकृति नदिइएको बताएको विद्यार्थी नेताहरु बताउँछन् ।

यो कुरा सार्बजनिक भएपछि प्याब्सनले किन स्वीकृति नदिएको भन्दै उल्टै केन्द्रलाई धम्कीपूर्ण पत्र पठाएको केन्द्रका एक कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?