Comments Add Comment

स्पेनमा मदन-आश्रित स्मृति दिवसको कार्यक्रम

madanbhandari_jeebraj_finalबार्सिलोना । स्पेनमा मदन-आश्रितको २३ औं स्मृति दिवसकाे कार्यक्रम अायोजना गरिएको छ ।

मदन भण्डारी र जीवराज  आश्रितको दुर्घटनाबारे उचित छानबिन होस् भन्दै स्पेनबाट सम्झना गरिएको हो। प्रबासी नेपाली मञ्च स्पेनले सोमबार बार्सिलोना एक कार्यक्रमको आयोजना गर्दै सम्झना गर्यो।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निबर्तमान सदस्य दिपक खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बक्ताहरुले नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको  दुर्घटना बारेको यथार्थ रहस्य अझै खुल्न नसकेको बताउँदै छानबिनको माग गरे।

मदन-आश्रित स्मृति दिवसको अबसरमा पहिलो पटक मञ्चले आयोजना गरेको कार्यक्रम दिनेश गुरुङको अध्यक्षता सम्पन्न भएको थियो।

spain programme_nepali

नेपाली पाठशालालाई सहयोग

मञ्चले नेपाली पाठशाला स्पेनलाई दुई बटा बोर्ड तथा दराज हस्तान्तरण गरेको छ। मञ्चका अध्यक्ष दिनेश गुरुङले पाठशाला संयोजक सरला सापकोटालाई स्मृति दिबसको अबसरमा हस्तान्तरण गरेका हुन्।

यसैबीच मृगौला रोगी राजन ढुंगानालाई ५ सय ७ युरो र स्याङ्जा सहयोग समाजको अग्नि पीडित अभियानलाई १ सय १ युरो सहयोग प्रदान गरेको अध्यक्ष गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment