+
+
Shares

धुर्मस-सुन्तलीलाई सहयोग गर्न तातेनन् युरोपवासी नेपाली

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ जेठ ५ गते १८:४८

Dhurmus

बार्सिलोना । युरोपमा रहेका बिभिन्न राजनीतिक, क्षेत्रीय, जातीय संघसंस्थाहरुले बिभिन्न कार्यक्रम, बैठक, सम्मेलनको नाममा हजारौ युरो खर्च गर्न अघि सर्छन् । तर हास्य कलाकार धुर्मस-सुन्तलीले सिन्धुपाल्चोकको गिरान्चौरमा बनाउन लागेको नमुना एकीकृत वस्तीका लागि भने एकमुष्ट सहयोग पठाउन सकेका छैनन् ।

अहिलेसम्म बेलायत, साइप्रस, नर्बे र स्पेनका गरी ४ जना नेपालीहरुले मात्र सहयोग गरेका भए पनि सिंगो युरोप नै भने मौन देखिएको छ । हजारौ नेपाली संघसंस्था रहेको युरोपमा अन्य परोपकारी कामको नाममा करौडौं रुपैयाँ संकलन गर्ने भएपनि, धुर्मुस सुन्तलीको अहिलेको अभियानमा भने सबै मौन जस्तै देखिएका छन् ।

हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्ची ८  गिराचौरमा एकीकृत बस्ती निर्माणको काम तीब्र पारेका छन् । दशैंसम्म पीडितलाई घर प्रदान गर्ने लक्ष्यसहित उनीहरु आँफै काममा जुटेका छन् । फाउन्डेसनले मंगलबार प्रकाशित गरेको सहयोगदाताको नामावली अनुसार ३१ लाख ४६ हजार ७ सय ६० रुपैयाँ संकलन भएको छ ।

करिब ४ करोड भन्दा बढी रकम खर्च लाग्ने अनुमान गरिएको परियोजनामा युरोपबाट सहयोग भने शून्य जस्तै देखिएको छ । हालसम्म युरोपबाट स्पेनका रमेश प्रसाद निरौलाले १ लाख २ हजार १६ रुपैयाँ, बेलायतबाट राधिका मगरले ५० हजार रुपैयाँ, नर्बेबाट शर्मिला मोक्तानले २३ हजार ६ सय ३७ रुपैयाँ र साईप्रसबाट बिष्णु देबी गुरुङले २३ हजार ६ सय ४ रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेसनको नामावली सुचीमा देखिएको छ ।

संघ संस्थाको पहल खै ?

पार्टीको अधिबेशनलाई लाखौ रकम उठाउने राजनीतिक संघसंस्था, जातीय, क्षेत्रीय संघसस्था लगायत एनआरएन धुर्मुस सुन्तलीको अभियानका लागि सहयोग गरेका छैनन् । युरोपमा कलाकार आउँदा, संस्थाको अधिबेशन हुँदा वा बैठक हुँदा पनि हजारौ रुपैयाँ खर्च गर्ने संघ संस्थाहरु दशै सम्म घर बनाउँछौ भन्ने कलाकारहरु अभियानका लागि पहल गर्दै सहयोग गर्न चुकेका छन् ।

खाडीमा रहेका नेपालीहरुले आˆनो मासिक तलब कटाएर पाँच हजार, दश हजार रुपैयाँ सहयोग पठाई रहेको बेला युरोपमा मासिक लाखौ रकम कमाउने नेपालीहरुको धुर्मुस सुन्तलीका लागि मन पग्लेको देखिएन । चार करोड रुपैयाँ भन्दा बढी लागतमा निर्माण हुने अनुमान गरिएको एकीकृत बस्तीका लागि अहिलेसम्म ५० लाख पनि संकलन भएको छैन ।

युरोपबासी एक नेपालीले अनलाईनखबरलाई भने- ‘यहाँ पार्टीको कामका लागि लाखौ रुपैयाँ खर्च गरेर यता उता गर्छन्, तर कलाकारकाको राम्रो कामको लागि चासो देखाउँदैनन्, जुट्ने बेला यही हो कम्तीमा युरोपवाट करोड रकम संकलन होस् तब पो संस्था भएको काम लाग्छ, पीडितले दशै सम्म घर पाउँलान्।’

धेरै ठाउँमा नेपालीहरुले सहयोग गर्ने भए पनि राम्रो कामको साथका लागि भने मौन नै बस्ने गरेको उनले टिप्पणी गरे ।

निरौलाले १ लाख सहयोग गर्दै भने- ‘अब  जुटौ’

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत वस्ती निर्माणका लागि स्पेनका रेष्टुरेन्ट ब्यबसायी रमेशप्रसाद निरौलाले १ लाख २ हजार १६ रुपैयाँ सहयोग पठाएका हुन् ।  झापा घर भई हाल बार्सिलोनामा ब्यबसाय गर्दै आएका निरौलाले फाउन्डेसनलाई खुला मनले सहयोग गरे ।

निरौला भन्छन्-‘कतार, मलेसिया, साउदी लगायत खाडी मुलुकहरुबाट मासिक १०/२० हजार रुपैयाँ कमाउने नेपालीहरुले सहयोग गरिरहेका बेला, मैले पनि कलाकारको अभियानलाई साथ दिएको हुँ, युरोपमा  सबै नेपाली एकजुट भएर लाग्ने हो भने यहाँ करौडौ जुट्न सक्छ ।’

एनआरएनको अभियानमा पनि आफुले सहयोग गरेको भन्दै अहिले सम्म काम सुरु हुन नसकेकोमा असन्तुष्टि पोख्दै निरौलाले भने, ‘कतै भटाभट वस्ती बनेका छन्, कतै बैङ्कमा करौडौं रकम थन्किएको छ, एनआरएनले पनि छिटो वस्ती बनाउन सुरु गरोस्, कामाना गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?