बाथरुममा सावरको मुनी पिताको काखमा बसेको बच्चाको तस्वीर फेसबुकमा पछिल्लो समय हजारौं पटक शेयर भएको छ ।
यस क्रममा फेसबुकले यो तस्वीरलाई धेरै पटक हटायो पनि । तर, हरेक पटक यो तस्वीर फेसबुकमा फेरि स्थान बनाउन सफल भएको छ ।
पहिलो नजरमा यो तस्वीर सामान्य लाग्छ । बच्चा बिरामी छ, जसलाई उनका पिताले काखमा लिएका छन् र पानीको फोहोरा मुनी दुबै नङ्गै छन् ।
अमेरिकाको एरिजोनाका फोटोग्राफर हिथर व्हिटनले यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । तस्वीरमा देखिएका थामर व्हिटन उनका पती हुन् र फोक्स उनीहरुका सन्तान हुन् ।
फाक्स साल्मोनेला नामक ब्याक्टेरियाबाट पीडित छन् ।
व्हिटनले लेखेकी छन्, उनी बडो धर्य र जतनका साथ हाम्रो सानो बच्चालाई काखमा लिएर बसेका छन् । मैले केही तस्वीर खिचे र शेयर गरेँ ।’
तर, फेसबुकमा उनको निकै आलोचना भयो । किनकी केही मानिसलाई लाग्यो कि यो तस्वीर शेयर गर्नु हुँदैनथ्यो ।
व्हिटनले मानिसहरुको प्रतिक्रियाले आफूलाई धक्का लागेको बताए । उनले भनिन्, म यसका लागि तयार थिइनँ ।’
उनले अघि भनिन्, मानिसहरुले तानाशाह भएर यो भन्नु हुँदैन कि अरुका लगि के सही हो र के गलत ।’
उद्यपि उनको तस्वीरलाई समर्थन गर्नेहरु पनि छन् । फेसबुकका एक प्रवक्ताले यो तस्वीरलाई हटाएको स्वीकार गरे । तर, फेरि ठाउँ दिएको उनले बताएका छन् ।
यसअघि २००१ मा टियर्नी ग्यारनको प्रदर्शनीमा एक यस्तो तस्वीर पनि थियो, जसमा एक बच्चालाई नाङ्गै देखाइएको थियो । र, उक्त तस्वीर विवादमा समेत पर्यो ।
यस्तै गत महिना अष्ट्रेलियाकी एक महिला केली बेनिस्टरले यस्तै देखिने तस्वीर समाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त तस्वीरमा नग्न अवस्थामा रहेकी आमाले बच्चालाई छातीमा टाँसेकी छन् । यद्यपि यो तस्वीरले धेरैको समर्थन पाएको छ ।
प्रतिक्रिया 4