Comments Add Comment

यी महिलामा छ अद्भुत शक्ति, जसले तत्कालै थाहा पाउँछिन् विश्वभरको भूकम्प

moon-rabasa-earthquake-2_के तपाइँले यस्तो अद्भुत क्षमता भएकी एक महिलाको बारेमा सुन्नुभएको छ, जसले सबैभन्दा पहिले भूकम्प आएको जानकारी पाउँछिन् । चाहे दुनियाको जुनसुकै कुनामा भूकम्पले किन नहल्लाओस्, सबैभन्दा पहिले उनले नै थाहा पाउँछिन् ।

स्पेनकी ३० वर्षीया मून रिबास नामकी महिलामा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउने क्षमता छ ।

तर दुनियाको कुनाकाप्चा समेतमा भूकम्प आउने कुरा थाहा पाउने क्षमता उनको जन्मजात वा इश्वरीय क्षमता चाहीँ होइन । वास्तवमा उनको हातमा एउटा यस्तो चिप प्रत्यारोपण गरिएको छ, जसले विश्वभरको भूकम्पको मापन गरेर जानकारी दिनसक्छ । यसलाई सेस्मिक कम्प्युटर चिप भनिन्छ ।

दुनियाका जुनसुकै ठाउँमा भूकम्प जाँदा पनि उनको हातको उक्त चिपमा कम्पन हुन्छ ।

जुनसुकै भूकम्पको जानकारी पाउने भएकाले उनलाई सायबर्ग वुमन भनेर चिनिन्छ । हातको चिप मार्फत भुकम्पको जानकारी पाउने बित्तिकै उनले आफ्नो आइफोनको एपमा भूकम्पको केन्द्र तथा त्यसको तिव्रताको आँकडा खोजिहाल्छिन् ।

यी युवती पेशाले नर्तकी हुन् । यदि नाचिरहेको बेलामा भूकम्प आएमा उनले विशेष खालको अभिनय नृत्यबाटै दर्शकहरुलाई भूकम्पको जानकारी दिन्छिन् । गत वर्ष नेपालमा भूकम्प आउँदा उनी आधा रातमा उठेर बसेकी थिइन् ।

उनको हातको चिप्सकै कारण उनले टेलिभिजन वा रेडियोले भन्दा छिटो भूकम्पका बारेमा जानकारी प्राप्त गरी सूचना प्रवाह गर्न सक्दछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment