+
+
Shares

गमगढी–नेपालगन्ज सिधा बस सेवा सुरु

रासस रासस
२०७३ जेठ ९ गते ७:५१

Bus९ जेठ, मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालगन्जसम्म सिधा बस सेवा सुरु भएको छ ।

मुगु जिल्लास्थित रारा छायाँनाथ यातायात प्रालिले शनिबारदेखि सञ्चालन गरेको बसमा नेपालगन्जबाट ६२ यात्रु लिएर दुईवटा बस मुगु पुगेका छन् ।

बस मुगु सदरमुकाम गमगढीमा पुग्दा स्थानीयवासीले पञ्चेबाजासहित अबिर जात्रा गरेर स्वागत गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरवीर रावतले रिबन काटेर मुगुमा आधिकारिक रुपमा बस सेवा सञ्चालनको उद्घाटन गरेका थिए ।

मुगु जिल्ला २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए ।

तीन वर्षअघि मुगुमा सडक पुगे पनि यात्रु सेवा यातायातका साधन नचल्दा मुगालीले मुगुस्थित रारा विमानस्थलमा चल्ने निजी हवाई सेवामा चर्को भाडा तिरेर वा मालबाहक गाडीमा जोखिमपूर्ण आफ्नो गन्तव्यमा यात्रा गर्दै आएका थिए ।

मुगाली हवाई यात्रामा मुगु नेपालगन्जसम्म रु पाँच हजार र नेपालगन्जबाट मुगुसम्म रु आठ हजार भाडा तिर्दै आएका छन् ।

शनिबारदेखि पहिलो पटक सञ्चालनमा आएको बसमा मुगुबाट नेपालगन्जसम्म रु दुई हजार २०० भाडा कायम गरिएको छ ।

मुगुमा बस सेवा सञ्चालनमा आएकाले नेपालकै ठूलो ताल रारा र हिन्दूहरुको पवित्र तीर्थस्थल छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने केन्द्रीय सदस्य रावतले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?