Comments Add Comment

नर्सिङ विद्यार्थी ठग्ने यादवलाई दुई वर्ष जेल र विगोसहित ९५ लाख जरिवाना

Dhanusha-nursing-college

९ जेठ, जनकपुर । धनुषा जिल्ला अदालतले धनुषा नर्सिङ कजेलका तत्कालिन निर्देशक डा सञ्जीव यादवलाई बिद्यार्थीसँग अनधिकृत प्रसा लिएको अभियोगमा दुई बर्ष जेल र करिव ५० लाख जरिवानाको फैसला गरेको छ ।

आरोपी सञ्जीव फरार रहेकोमा प्रहरीले उनको खोजी गरिरहेको छ । उनले जनकपुरस्थित नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साईन्स (धनुषा नर्सिङ कलेज ) मा निर्देशक पदमा रहँदा बिद्यार्थीसँग अनधिकृत रकम उठाएर ठगी गरेको आरोपमा कजेलका सञ्चालक गायत्री देवीले मुद्धा दायर गरेकी थिइन् ।

मुद्धा दर्ता भएको दुई बर्षपछि न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजलासबाट फैसला भएको हो । अदालतको फैसला अनुसार आरोपी सञ्जीवले दुई बर्ष जेल सजायँ, ४७ लाख ५२ हजार ६ सय विगो र त्यतिनै रकम जरिवाना बुझाउनुपर्नेछ ।

कलेज सञ्चालनका लागि नियुक्त गरेको निर्देशक डा. सञ्जीव कुमार यादवलेे विद्यार्थी भर्ना तथा शुल्कको नाउँमा नक्कली रसिद दिएर ५३ लाख शुल्क असुल गरी बैंकमा दाखिला गरेका थिएनन् ।

यादवले विद्यार्थीहरुसँग शुल्कको नाममा ठगी गरी फरार भए लगत्तै कलेजबाट निस्कासन गरिसकिएको छ । यो विवादले कजेलको पठनपाठन केहि समय प्रभावितसमेत बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment