११ जेठ, भैरहवा । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको पूणिर्मा विकास बैंक नवौँ बर्षमा प्रवेश गरेको छ । बैंकको बाषिर्क उत्सवको अवसरमा बैंकले सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न सामाजिक कार्यक्रम गरेको बैंकका अध्यक्ष राजु नारायण श्रेष्ठले बताए ।
अधिकृत पुँजी ५० करोड रहेको बैंकको जारी पुँजी ३० करोड २५ लाख ६३ हजार रुपैयाँ रहेकोमा हालसम्म चुक्ता पुँजी २० करोड १७ लाख ८ हजार रुपैयाँ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले बताए ।
उनले बैंकले छिटै २ दशमलव १ अनुपातमा हकप्रद सेयर जारी गर्ने र त्यसपछी चुक्ता पुँजी ३० करोड २५ लाख ६३ हजार पुग्ने बताए ।
बैशाख मसान्तसम्म बैंकले ६ करोड ९८ लाख ६४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने मोबाईल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहक १० हजार रहेका छन् ।
वि.स २०६५ सालमा स्थापना भई बैंकिंग कारोबार सुरुवात गरेको बैंकले भैरहवाको केन्दि्रय कार्यालय सहित रुपन्देहीकै भलवारी, ड्राईभर टोल, बुटवल, सुर्यपुरा, धकधई ,नवलपरासीको रामग्राम र चितवनको नारायणघाटमा शाखा कार्यालय मार्फत ४० हजार ग्राहकले बैंकिङ सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया 4