+
+
Shares

गुगलको पेरिस मुख्यालयमा छापा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ११ गते २०:३०

Google

आयकरलाई लिएर फ्रान्सको राजधानी पेरिसमा इन्टरनेट कम्पनी गुगलको मुख्यालयमा छापा मारिएको छ । गुगल आयरल्याण्ड लिमिटेड फ्रान्समा वित्तीय दायित्व निभाउन असफल भएको अभियोग छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार गुगलका अधिकारीहरुसँग विहानबाटै सोधपुछ सुरु भएको थियो ।

गुगलले यसबारेृ केही बताएकोृ छैन । फ्रान्स बि्रटेन लगायतका देशले ठूला डिजिटल कम्पनीले आफ्नो देशमा नाफा कमाउने गरेको तर, कर्पोरेट ट्याक्स कम भएको अर्को देशमा ट्याक्स तिर्ने गरेको गुनासो गर्दै आएका छन् ।

फ्रान्सको वृत्त मन्त्रालय स्रोतका अनुसार गुगलमाथि फ्रान्सको सरकारको १.६ अर्ब पाउण्ड बक्यौता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?