१२ जेठ, काठमाडौं । गारखा नगरपालिका ६ का ८५ वर्षीइ तिलकबहादुर खत्री सम्बन्धविच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन् ।
२०७२ फागनु १२ गते गोरखा नगरपालिकामा दर्ता उक्त मुद्दा मिलापत्र हुन नसकेपछि अदालत पुगेको अाजको नागरिक दैनिकमा समाचार छ ।
६३ वर्षीय श्रीमती आफूसँग नबसेको र बेढेसकालमा पालनपोषण्मा ध्यान नदिएको भन्दै खत्रीले उनीसँग सँगै बस्न नचाहेको बयान अदालतमा दिएका छन् ।
आफ्नो शरीर थेग्न पनि लौरीको सहायता लिनुपर्ने वेलमा खत्री श्रीमतीसँग सँगै बस्न नसक्ने ठहर गर्दै अदालत पुगेका हुन् । अहिले सम्बँन्धविच्छेद गर्न लागेको श्रीमतीसँग उनले २०६६ सालमा बिहे गरेका हुन् ।
श्रीमतीले पनि २०७२ सलामा मंसिरमा अंश मुद्दा दायर गरेकी छिन् । खत्री दम्पत्तीलाई मिलाउन नगरपालिकाले धेरै प्रयास गरे पनि मिल्न सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4