+
+
Shares

नवलपरासीमा सवारी दुर्घटना, चारको मृत्यु, १६ घाइते

 रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ जेठ १२ गते ८:५१
bus-accident
फाइफ फोटो

१२ जेठ, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको  गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

बा २ क ११३७ नम्बरको मिनि ट्रक बुधवार विहान ५ बजे  दुर्घटनामा परेको थियो । रुखमा ठोकिएर भएको दुर्घटनामा २ जनाको घटना स्थलमा र अन्य दुर्इकाे उपचारको क्रममा  मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी हवल्दार कमल कुवरले जानकारी दिए ।  उनीहरुको सनाखत भएको छैन ।  अन्य १६ जना घाइते भएका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?