+

च्याम्पियन्स लिग जिते रियलका खेलाडीले ६ लाख युरो बोनस पाउने

२०७३ जेठ  १४ गते १६:०१ २०७३ जेठ १४ गते १६:०१
च्याम्पियन्स लिग जिते रियलका खेलाडीले ६ लाख युरो बोनस पाउने

ramos

१४ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको उपाधि आफैंमा महत्वपूर्ण छ । तर, रियल मड्रिडका खेलाडीहरुका लागि यसको महत्व थपिएको छ ।

च्याम्पियन्स लिग फुटबलको उपाधि लागि शनिबार राति मिलानमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दैछन् । र, रियल वा एथ्लेटिको जसले जितेपछि युरोपको उत्कृष्ट टिम बन्नेछ ।

तर, च्याम्पियन्स लिग जितेमा रियल मड्रिडका प्रत्येक खेलाडीले जनही ६ लाख युरो बोनस पाउनेछन् ।

च्याम्पियन्स लिग जितेपछि क्लबले यूइएफए सुपर कप र फिफा क्लब वल्र्ड क्लब खेल्ने मौका पाउनेछ । यसबाट क्लबले झण्डै १२० मिलियन पुरो पाउनेछ ।

यदि रियल मड्रिडले ११ औं उपाधि जितेमा सहभागी खेलाडीहरुले जनही ६ लाख युरो पाउनेछन् । पहिलो टिमका सबै खेलाडीले यो रकम पाउनेछन्, उनीहरुले जति सुकै खेल खेलेको भएपनि ।

क्लबका अध्यक्ष र प्रमुख खेलाडीहरु रोनाल्डो, सर्जिओ रामोस, मार्सेलो र पेपेबीच बोनसबारे समझदारी भएको मार्काले जनाएको छ ।

च्याम्पियन्स लिग रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय