+
+
Shares

पोखरामा अधवैंशे युवाले श्रीमती र छोरीको हत्या गरे

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ जेठ १४ गते २०:२०

१४ जेठ, पोखरा । पोखरामा एक अधवैंशे युवाले श्रीमती र ६ वर्षीया छोरीको हत्या गरेका छन् । पोखरा १४ रातोमाटे डाँडाका ३१ वषर्ीय युवा विमल पुनले शुक्रबार अपराहृन श्रीमती २६ वर्षीया नरमाया श्रीष पुन र ६ वर्षीया छोरी पूणिर्मा पुनको हत्या गरेका हुन् ।

Murderरगताम्य भएर बाटोमा निस्केका विमल आफैंले श्रीमती र छोरीको हत्या गरेको भन्दै हल्ला गर्न थालेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनले लगाएको कपडासहित शरीर भरी रगतका टाटा थियो ।

घट्ना उनी बस्ने कोठामै भएको प्रहरीले बताएको छ । घरमा विमलका दाजु, भाऊजु र उनीहरुका एक छोरी पनि बस्ने गर्दछन् ।

विमललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ । उनले श्रीमती र छोरीलाई फलामको रडले टाउकोमा प्रहार गरेर हत्या गरेको स्विकारेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

घट्ना घट्दा दाजुसहित परिवार घरमै भएपनि आफूहरुले नदेखेको बयान दिएको उनले बताए । बिमलका दाजुले आफू शौचालय गएको र भाउजुले लुगा उठाउन छतमा गएको बेला घटना भएकाले थाहा नपाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?