१६ जेठ, काठमाडौं । बाजुराको कुलदेवमाण्डौ-८ स्थित बडीमालिका क्याम्पसका प्रमुख र लेखापालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
क्याम्पस प्रमुख नवराज जैसी र लेखापाल लालबहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ लाख ७१ हजार ९ सय ४१ रुपैयाँ विगो र सजायँ दाबीसहित मुद्दा दायर गरेको हो ।
उनीहरुले मिलेमतो गरी बदनियतसाथ तोकिएको शिर्षकमा खर्च नगरी झुठा बिल भरपाई बनाई, छात्रवृत्तिको रकम समेत दुरुपयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।
लेखापरीक्षकविरुद्ध पनि मुद्दा
अख्तियारले लेखा परिक्षकद्वय तिलकबहादुर थापा र चेतबहादुर बमविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुले लेखापरिक्षण सम्बन्धी प्रचलित कानूनको परिधिभित्र नरही बदनियतसाथ बडीमालिका क्याम्पसले तयार गरेको झुठा बिल भरपाई र कागजातहरूको आधारमा लेखा परिक्षण गरेको पुष्टी भएको आयोगको दाबी छ ।
प्रतिक्रिया 4