Comments Add Comment

दीगो लक्ष्य प्राप्तिमा चुनौती: उपराष्ट्रपति पुन

१९ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनेक बहानामा व्यहोर्नु परेका सामाजिक तथा आर्थिक जटिलता र पछौटेपनले दीगो लक्ष्य प्राप्तिमा चुनौती थपेको बताएका छन् ।

Nanda-Bahadur-punआज काठमाडौंमा आयोजित ‘भोकको अन्त्यः दीगो विकास लक्ष्य २ को प्रभावकारिता’ विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले गरिबी, भोकमरी, असमानतालगायतका अन्य विकास समस्यासँग जुध्नका लागि दिगो विकास लक्ष्यले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘दीगो विकास लक्ष्यको ‘कसैलाई पछाडि नछोडौँं’ भन्ने प्रतिबद्धताले हामीलाई थप आशा र उत्साहा प्रदान गरेको छ । विगतका अनुभव, गल्ती र कमजोरीबाट पाठ सिक्दै भविष्यलाई हाम्रो चाहना तथा आवश्यकता अनुरुप अगाडि बढाउन गर्नु जरुरी छ ।’

उपराष्ट्रपति पुनले हिउँ पग्लदैँं जानु, मरुभूमिकरणमा वृद्धि हुनु, समुद्र सतहमाथि उठ्नु र जैविक विविधता, जीवजन्तुको वासस्थान र पर्यावरणीय विनाशजस्ता जलवायु परिवर्तनका नकारात्मक असरले खाद्य उत्पादन र वितरण सम्बन्धी परम्परागत मौलिक ज्ञानलाई खतरामा पारेको उल्लेख गरे ।

नेपालले अझै पनि खाद्य तथा पोषण सुरक्षा, खाद्य अधिकार र खाद्य संप्रभूताको सुनिश्चितता गर्न आवश्यक नीति तथा कार्यक्रमलाई मूलप्रवाहीकरण गर्न बाँकी रहेको उनको भनाइ छ ।

भूकम्पबाट भएको क्षतिलगत्तै देशको दक्षिणी सीमालगायतका तराई क्षेत्रमा उत्पन्न भएको अवरोध खाद्य र पोषणलाई थप असर पुर्याएको उनले बताए ।

उनले भने, ‘यस्ता अवस्थाका कारणले गर्दा देश झन् अविकसित र गरिबीको चपेटामा परेको छ भने खाद्य र पोषणका दृष्टिले थप संवेदनशील बन्नपुगेको छ ।’

तीन दिनसम्म चल्ने कार्यक्रममा भोकभरीको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा खाद्य सुरक्षामा काम गर्ने २० भन्दा बढी राष्ट्रका सय भन्दा बढी सहभागीले छलफल गर्ने बताइएको छ ।

वेल्ट हङ्गर हिल्फ् र आरआरएनको आयोजनामा भएको तीन दिनको छलफलबाट प्राप्त निष्कर्षलाई घोषणा पत्रका रुपमा सार्वजनिक गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment