Comments Add Comment

मृृत पतिको शुक्राणुले जन्मिने भयो बच्चा

१९ जेठ, काठमाडौं । फ्रान्सको एक अदालतले एक स्पेनिस महिलालाई आफ्नो मृत पतिको शुक्राणु प्रयोग गर्न अनुमति दिएको छ । ताकि उनी आमा बन्न सकुन् ।

sperm_fertilization_splसमाचार एजेन्सी रोयटर्सका अनुसार स्पेनिस महिला मारियाना गोमेजको ३० वर्षीय पतिको गत वर्ष क्यान्सरका कारण मृत्यु भएको थियो ।

उनी इटलीका थिए । तर, केमोथेरापी सुरु गर्नु अघि नै उनको शुक्राणु फ्रिज गरेर राखिएको थियो ।

उक्त समय मारियाना र उनका पति पेरिसमा बस्थे । यसकारण यो मुद्दाको सुनुवाइ फ्रान्सको अदालतमा भयो ।

फ्रान्सले प्राकृतिक रुपमा गर्भधारण हुन नसकेका महिलाहरुलाई प्रविधिको प्रयोग गर्न दिन्छ । अधिकारीहरुले भनेका थिए कि मरियानाले फ्रिज गरेर राखिएको शुक्राणुलाई स्पेन लैजान नसक्ने बताएका थिए ।

मारियाना भने अहिले स्पेनमा बस्छिन् । यसविरुद्ध उनी अदालत गइन् । अदालतले भनेको छ, ‘उनको मृत पति विरामी भएका कारण उनको अवस्था अर्कै थियो । जसका कारण गर्भधारण गर्ने उनीहरुको योजना पुरा भएन ।’

अब फ्रान्सको सर्वोच्च अदालतले मारियानालाई आफ्नो मृत पतिको शुक्राणुलाई स्पेन लैजाने अनुमति दिएको छ । र, यो फैसला अन्तिम भएको बताएको छ । अब यसविरुद्ध अपील गर्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment