Comments Add Comment

एनसेल मोबाइल पूर्वाधार विकासमा यसरी बन्यो अग्रणी

Ncell-Office-New

२० जेठ, काठमाडौं । मोबाइल सेवाको पूर्वाधार विकासमा आफ्नो उच्च योगदानले ग्राहकहरु उल्लेख्य रुपमा लाभान्वित भएको एनसेलले दाबी गरेको छ । एनसेलले मुलुकका विकट र दर्गम गाउँ वस्तिहरुमा समेत पूर्वाधार विकास गरेको हुँदा एनसेलका ग्राहकहरु समेत वर्षेनी बढिरहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिरकणको तथ्याङकअनुसार सन् २००८ मा एनसेलको ग्राहक संख्या १७ लाख ४८ हजार ४९६ मा थियो । यो संख्या बढेर सन् २०१५ मा आइपुग्दा १ करोड ३० लाख ३९ हजार ४९३ पुगेको छ ।

यसबीचमा सन् २००९ मा २२ लाख १ हजार ५३९, २०१० मा ४० लाख ८४ हजार ४४४, २०११ मा ६८ लाख ४१ हजार ६८८ पुग्यो । यस्तै सन् २०१२ मा एनसेलको ग्राहक संख्या ९० लाख ४५ हजार ७५१, सन् २०१३ मा १ करोड ८ लाख ६७ हजार ३०७, सन् २०१४ मा १ करोड २० लाख ८९ हजार ५२५ र सन् २०१५ मा १ करोड ३० लाख ३९ हजार ४९३ पुगेको छ । यो सबै एनसेलको उत्कृष्ट र सुलभ ग्राहक सेवा र पुर्वाधारमा भएको उल्लेखनिय वृद्धिका कारण नै हो ।

मुलुककै सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनीको रुपमा रहेको एनसेलले मोबाइल सेवाको पूर्वाधार विकासमा छलाङ मारेको दाबी गरेको छ । एनसेलले ७५ वटै जिल्लामा आफ्नो भ्वाइस सेवाको विस्तार गरिसकेको छ । शुरुका दिनमा डेटा सेवा मुख्यतः शहर केन्दि्रत थियो ।

एनसेलले थ्रीजी विस्तार तथा सुलभदरका प्याकहरुमार्फत त्यसको प्रबर्द्धन गरिरहेको छ । यसले गर्दा आजको दिनमा ग्रामिण तथा दुर्गम जिल्लामा समेत ग्राहकहरुले अनलाईन समाचार, इमेल तथा फेसबुक चलाइरहेका छन् । हाल एनसेलले ६३ जिल्लामा ३ जी सेवा विस्तार गरिसकेेको छ । आफ्नो सेवा विस्तारको क्रम निरन्तर चलि नै रहेको एनसेलले जनाएको छ ।

एनसेलले मुलुकको ७५ वटै जिल्लाको विकट र दुर्गम क्षेत्रमा मोवाइल सेवा पुर्‍याएको छ । नेपालको दूरसंचार क्षेत्रको उदारीकरण १९९० दशकको मध्यमा भएता पनि त्यसको एक दशकसम्म पनि नेपाली ग्राहकका लागि मोबाइलमा सहज पहुँच नरहेको र मोबाइल सिम लिनु विलासिता वन्ने गरेको भएपनि निजी मोवाइल सेवामा एनसेलको प्रवेशपश्चात अहिले यो सेवाले सवै जिल्लाका विकट दुर्गम भेगसम्म सेवा संभव भएको हो ।

एनसेलका अनुसार अहिले एनसेलको टेलिफोन सेवा मुलुकका सवै जिल्ला र ती क्षेत्रमा सवैजसो दुर्भम भेगमा सञ्चालिछ छ । यसले आम मानिसमा मोवाइलको पहुँच पुर्‍याउनुका साथै सुचना प्रविधिको क्षेत्रमा मानिसको पहुँच वृद्धि गरेको छ ।

नेपाल दूर सञ्चार प्राधिकरणको एक तथ्याङक अनुसार हाल मुलुकको लगभग ९५ प्रतिशत क्षेत्रमा मोवाइल सेवाको पहुँच पुगेको छ । मोवाइलसेवामा एनसेलको प्रवेश पश्चात यस्तो अवस्था आएको हो । त्यसअघि मोवाइल सेवाको पहुँच शहरी क्षेत्रमा सिमित र हुनेखाने वर्गको पहुँचमा मात्रै थियो ।

हाल ऐनसेलले आफ्नो भ्वाईस सेवाको विस्तार ७५ वटै जिल्लामा गरिसकेको छ । शुरुका दिनमा डेटा सेवा मुख्यतः शहरकेन्दि्रत रहे पनि एनसेलले ३ जी विस्तार तथा सुलभदरका प्याकहरु म्ार्फत त्यसको प्रबर्द्धन गरिरहेको छ । आजको दिनमा ग्रामिण तथा दुर्गम जिल्लामा समेत ग्राहकहरुले अनलाईन समाचार, ईमेल तथा फेसबुक चलाइरहेका छन् ।

हाल एनसेलले ६३ जिल्लामा ३ जी सेवा विस्तार गरिसकेेको छ र यो विस्तारको क्रम निरन्तर चलि नै रहेको छ । इन्टरनेटको क्षेत्रमा ऐनसेलको वप्रवेश अगाडि अत्यन्तै न्यून मानिसको पहुँचमा मात्रै इन्टरनेट सेवा थियो । अहिले ६३ जिल्लामा इन्टरनेट सेवा पुग्नुमा एनसेलकै प्रमुख देन रहेको पाइन्छ ।

नेपालको दूरसंचार क्षेत्रको उदारीकरण १९९० दशकको मध्यमा भए तापनि त्यसको एक दशकसम्म पनि नेपाली ग्राहकका लागि मोबाइलमा सहज पहुँच रहेको थिएन ।

तर एनसेलले सेवा प्रदान गर्न थालेको विगत एक दशकदेखि यो स्थितिमा नाटकिय परिवर्तन आएको छ । ग्राहकले सहजै सिम कार्य खरिद गर्न, रिचार्ज गर्न सक्ने भएका छन् । प्रतिस्र्धासँगै मूल्यमा पनि भारी कटौति भएको छ । आउट गोईङ शुल्क आईटियूकै अध्ययनका अनुसार पनि विश्वकै आठौं सस्तो दरमा झरेको छ भने इनकमिङ शुल्क र आन्तरिक रोमिङ पुरै हटेको छ ।

एनसेलको प्रवेशसँगै मोबाइल सेवा सबैका लागि सुलभ भएको छ । जसले गर्दा ग्रामिण तथा दुर्गमका नागरिक पनि मोबाइलमा कनेक्टेड हुँदै मोबाइल मार्फत नै आफन्त तथा प्रियजनसँग सम्पर्क गरिरहेका छन् । मोबाइलको पहुँच र विस्तार यसरी भएको छ, आजको दिनमा मोबाइल प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारको रुपमा स्थापित भएको छ । आम नागरिकले मोबाइलबाटै अद्यावधिक सूचना, समाचार, ज्ञान हासिल गर्दै अवसरहरुको पहिचान र लाभ लिन सकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment