Comments Add Comment

नेपालमा लोकप्रिय बन्दै महिन्द्रा केयुभी १०० (भिडियो रिभ्यू)

Mahindra Kuv 100 (3)

२३ जेठ, काठमाडौं । प्रिमियम एसयुभी उत्पादनमा ख्याती कमाएको महिन्द्राले पहिलोपटक सानो आकारको एसयुभी ‘केयुभी १००’ बजारमा ल्याएको छ ।  नेपाली बजारमा भित्रिएको दुई महिनाभित्र ‘केयुभी-१००’ उपभोक्तामाझ लोकप्रिय भइसकेको छ ।

‘दी योङ एसयुभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहाने उपभोक्तालाई आकर्षित गरेको छ । ११९८ सीसीको इन्जिन रहेको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा रहेको नेपालका लागि आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले जनाएको छ ।

माइलेजको कुरा गर्दा यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिट दिने कम्पनीको दाबी छ । नेपाली सडक सुहाउँदो केयुभीमा पाँच स्पिड म्यानुअल गियर रहेको छ ।

केयुभी-१०० क्रसओभर हृयाचब्याक कारजस्तो देखिन्छ । तर, यो मिनी एसयुभी गाडी भएको कम्पनी बताउँछ । यसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ ।

Mahindra Kuv 100 (4)

यसको टर्निङ रेडियस ५.०५ मिटर रहेको हुँदा साँघुरो सडकमा पनि सजिलै मोड्न सकिन्छ ।

केयुभी-१०० मा ५ जनाले सहजै यात्रा गर्न सकिन्छ । यसमा ३५ लिटर क्षमताको इन्धन ट्यांकी छ भने २४३ लिटरको समान राख्ने डिक्की छ ।

केयुभीको सवैभन्दा लोभलाग्दो पक्ष भनेको यसको डिजाइन नै हो । बाहिरबाट झट्ट हेर्दा महिन्द्राकै प्रिमियम एसयुभी ‘एक्सयुभी ५००’ जस्तै देखिन्छ ।

इन्टेरियर डिजाइन स्पेसियस र आरामदायी छ । यसमा स्पोर्टी स्टेरिङ हृवील, स्टाइलिस फ्लोटिङ ड्यास बोर्ड, डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिष्टम रहेको छ ।

यसमा ६ स्पिकर इन्फोटेनमेन्ट, ब्लुटुथ सिष्टम, हृयान्डस फ्रि मोड, युएसबी, स्टेरिङ, फोन कन्ट्रोल, डिजिटल इञ्जिन, इमोबीलाइजर लगायतका फिचरहरु छन् ।

भिडियो हेर्नुहोस्

यो गाडीले ग्राहकलाई उत्कृष्ट डिजाइन, स्टाइलिस र आरामदायी इन्टेरियर तथा सजिलो हृयाण्डलिङका साथै हृयाचब्याक गाडीको मूल्यमा एसयुभी गाडीको अनुभव दिलाउने बताउँछन् अग्नी इन्कर्पोरेटका बजार प्रमुख सिजन न्यौपाने । यसमा यात्रु तथा चालकको सुरक्षाका लागि एबीएस, डुअल एयरब्याग र आफ्नो बर्गमै पहिलो डुअल रियर फग लाइटजस्ता फिचर रहेका छन् ।

यसमा डे टाइम रनिङ ल्याम्प, टर्न इन्डिकेटर्स, मस्कुलर एण्ड सार्प बोडी, स्टाइलिस रुफ रेल, एलइडी फग ल्याम्प लगायतका सुविधाहरु यो गाडीमा छन् ।

केयुभी-१०० विभिन्न ७ आकर्षक रङमा उपलब्ध छ । नेपाली बजारमा पेट्रोल इन्जिनमा ४ र डिजेल इन्जिनमा ३ भेरियन्टमा उपलब्ध छ ।

पेट्रोल इन्जिनको मूल्य २६ लाख ९५ हजारबाट सुरुभई फुलअप्सनको ३१ लाख ९५ हजार  रहेको छ । यस्तै डिजेल इन्जिनमा ३१ लाख ४५ हजारबाट सुरुभइ फुलअप्सनको ३६ लाख ४५ हजार मूल्य तोकिएको छ ।

Mahindra Kuv 100 (5)

अग्नि इनकर्पोरेटका नेपालभर रहेका १८ भन्दा बढि विक्रि केन्द्रहरुमा केयुभी १०० उपलब्छ । यसका सर्भिस सेन्टरहरु २२ स्थानमा छन् । नेपाली बजारमा महिन्द्राको झण्डै २५ बर्षदेखिको बिक्रि इतिहास रहेको र देशभर बिक्रि तथा बिक्रिपछिको सेवा केन्द्र संजाल रहेकाले पनि केयुभी चढ्दा कुनै झण्झट बेहोर्नु पर्दैन् । त्यसमाथि कम्पनीले २ बर्षको वारेन्टी पनि दिएकोछ ।

समग्रमा भन्नुपर्दा केयुभी १०० गाडी एसयुभी गाडीको पारखीहरुका लागि एउटा नयाँ छनौटको अबसर हो । ह्याचब्याककै मूल्यमा एसयुभी पाइनु, आर्कषक डिजाइन तथा उत्कृष्ट माइलेजका कारण यो एउटा उपयुक्त छनौट हुनसक्छ । एकलाख किलोमिटर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment