Comments Add Comment

भारतमा बसले कारलाई ठक्कर दिँदा १७ जनाको मृत्यु, ३३ घाइते

२३ जेठ, काठमाडौं । भारतको मुम्बई-पुणे सडक खण्डमा बसले कारलाई ठक्कर दिँदा १७ जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् ।

Pune-Mumbai_Road_Accidentयो घटना आइतबार बिहान करिब ३ बजेतिर रायगढ नजिक भएको हो ।

प्रहरीका अनुसार पुणेबाट मुम्बई तर्फ गइरहेको एक मारुती कारको टायर पन्चर भयो । कारमा सवार यात्रुहरुले मद्दतका लागि पछाडिबाट आइरहेको अर्को कारलाई रोके । यात्रुहरुले कारको टायर फेर्नेबेला साताराबाट मुम्बईतर्फ गइरहेको लक्जरी बसले दुबै कारहरुलाई पछाडिबाट ठक्कर दियो । बस र कार सडकबाट करिब २० फुट तल खाल्डोमा खसे ।

दुर्घटनामा ६ महिनाको बच्चा, १० महिला र ६ पुरुष गरी १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई एमजीएम अस्पतालमा भर्ना गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली उद्धारका लागि एम्बुलेन्ससहित घटनास्थलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment