Comments Add Comment

भीमाकुमारीको सहयोगका लागि जापानका नेपाली बिद्यार्थी एकजुट

टोकियो । नेपाली बिद्यार्थी समाज (नेसाज) जापानले मुटु रोगबाट पीडित नेपाली भीमाकुमारी श्रेष्ठको उपचारमा सधाउन लागि ५० हजार ऐनको प्रारम्भिक कोषको स्थापना गरेको छ ।

Nesajअध्ययनका लागि जापानमा रहेका बिद्यार्थीहरुले सन् १९९७ मा स्थापना गरेको साझा संस्था नेपाली बिद्यार्थी समाजको बचत कोषबाट २० हजार र कार्यसमितिका सबै सदस्यहरुबाट उठाइएको ३० हजार ऐनसहित ५० हजारको प्रारम्भिक सहायता कोष स्थानपना गरेको हो ।

सन् २०१४ मा अध्ययनका लागि जापान आएकी ओखलढुंगा पहरेकी भीमाकुमारीको मुटुको भल्वले काम गर्न छोडेपछि टोकियोको Nerimaa Hikarigaka अस्पतालमा उपचार भइरहेको छ ।

एनको उपचारका लागि १५० मन आवश्यक पर्ने बताइएको छ । उनको मुटुको भल्वले काम गर्न छोडेर रोग तेस्रो चरणसम्म पुगेकाले गम्भीर अवस्थामा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

नेपाली बिद्यार्थी समाजले उनको अपचारका लागि सहयोग गर्नका लागि जापानमा रहेका नेपाली समुदायमा अपीलसमेत गरेको छ । नेसाजले सहयोग गर्ने व्यक्तिहरुको नाम आफ्नो फेसबुक पेज तथा वेवसाइटमा उल्लेख गर्नेछ ।

सहयोगका लागि नेसाजको खाता JP Bank A/C No: 11200-20354451 मा रकम जम्मा गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment