Comments Add Comment

भूकम्पका बेला कारागारबाट भागेका भुटिया पक्राउ

फिदिममा अठारतोला सुन सहित पाँचलाख नगद ठगी

gold_chori_saman२४ जेठ, पाँचथर । बौद्ध गुरुको भेषमा देशका विभिन्न स्थानबाट नगद र गरगहना ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरी पाँचथर प्रहरीले सार्वजनिक गरेको छ ।

पाँचथरको फिदिम, काठमाडौंको कलंकी, नुवाकोट, सिन्धुपालचोकको हेलम्बु र उदयपुरको गाइघाटका बिभिन्न व्यक्तिहरुबाट सुनका गरगहना सहित लाखौ रुपैयाँ ठगी गर्ने दार्जिलिङस्थित कालिङपोङको दश माइल निवासी तेन्जि घिसिङ भुटियालाई पक्राउ गरी आईतबार सार्वजनिक गरीएको हो ।

जेठ १७ गते फिदिम बजारस्थित सगुन होटलवाट अठारतोला सुन र पाँचलाख नगद सहित १८ लाख भन्दाबढि नगद र जिन्सी सामग्री ठगेर हिँडेका तेन्जि घिसिङ भुटियालाई भदौ २२ गते तनहुँको डुम्रेबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका भुटियाबाट प्रहरीले ठगी गरेका सुनचाँदीका गहना र १ लाख ५८ हजार रुपैंयाँ नगद, सवारी चालक अनुमति-पत्र र मोवाइल सहित महत्वपूर्ण धातु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

को हुन् भुटिया

पक्राउ परेका भुटिया भारतको दार्जिलिङ स्थित कालिङपोङको दश माइल निवासी रहेको वताइएको छ । कक्षा तीनसम्म औपचारिक अध्ययन गरेका उनले १६ बर्ष बौद्ध शिक्षा धारण गर्नुका साथै जटिवुटि र तान्त्रिक विद्या पनि आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी प्रमुख कोइरालाले बताए ।

प्रहरीका अनुसार भारतका बिभिन्न स्थानमा बौद्ध शिक्षा लिएका उनी दशवर्षयता नेपाल आउन जान थालेका थिए । यसअघि उनले काठमाडौको कलंकी, नुवाकोट, सिन्धुपालचोकको हेलम्बु र उदयपुरको गाइघाटका बिभिन्न व्यक्तिहरुवाट यसरी नै ठगी गरि सकेका छन ।

उनी बिरुद्ध तीन वर्ष अगाडी सिन्धुपालचोक जिल्ला अदालतमा लागेको ठगी मुद्धामा अदालतले तीनवर्ष कैद सजाँय सुनाएपछि २०७२ साल बैशाख १२ गतेको भूकम्पसम्म सिन्धुपाल्चोक कारागारमै थिए ।

भूकम्पले कारागार भत्काएपछि अन्य कैदी बन्दीसँगै त्यहाँबाट भागेका उनी केहि समय भारत छिरेका थिए । ६ महिना अगाडि पुनः नेपाल फर्केको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनले पुनः नेपाल आए लगत्तै उदयपुरको गाइघाट स्थित बुर्कीका २ वटा घरवाट ५ महिना अघि करिब १५ लाख रुपैंया ठगी गरेको अनुसन्धानका क्रममा लामा स्वयमले बयान दिएको प्रहरी बताँउछ ।

फिदिममा ठगी

जेठ ४ गते साँझ पाँचथरको फिदिम आएका उनी त्यहाँको सगून होटलमा बसे । होटलमा आफु अवतारी लामा भएको बताएपछि भविष्यवाणी हेराउन भन्दै स्थानीयको धुइरो लाग्न थाल्यो ।

यसरी आउनेहरुको विगत र वर्तमानवारे बताएपछि तिनले देखाएका समस्या समाधान गर्न घरमा रहेका सुनका गहना ल्याएर थानमा केहिरात राखेर पुजा लगाउनु पर्ने वताउँदै सुन र पैसा भेला पार्न थाले ।

यस क्रममा फिदिम बजारका दिपक धमला, लाक्ष्मी स्याङवो र नाँंगीन ८ का रेञ्जि शेर्पा सहित १० जना ब्यक्तिवाट २० तोला अधिक सुन सँगै केहि चाँदी र नगद भेला भएपछि फिदिममा बौद्ध गुम्बा निर्माणका लागि सहयोग गर्न बिदेशवाट पाहुना आँउदैछन लिन जान्छु भनेर भागेको बताइएको छ ।

प्रहरीले यसरी पक्राउ गर्‍यो भुटियालाई

आफूहरु ठगिएको भन्दै पाँचथरका स्थानीयले १८ गते बिहान जाहेरी दिएपछि खोजतलास शुरु गरेको प्रहरीले पाँचौ दिनमा उनलाई गिरफ्तार गर्न सफल भएको हो ।

tenging ghisingप्रहरी प्रमूख कोइरालाका अनुसार फिदिमबाट हिँडेपछि झापाको बिर्तामोड हुँदै उनले पोखरा पुगेका थिए । १८ गते सँाझ पोखरा पुगेका उनी २१ गतेसम्म लेकसाइडको एउटा डान्स बारमा बसेर मनोरञ्जन गरे ।

भुटियाले पोखरा पश्चात २२ गते तनहुँ पुगेर डुम्रे स्थित एक व्यवसायी कहाँ फिदिमबाट ठगेको सूनमध्ये केहि तोला जाकट राखे लगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँको मदतमा पक्राउ गरिएको कोइरालाको भनाई छ ।

झापावाट भागे लगत्तै पिछा गर्न थालेका जिल्ला प्रहरी कार्यालय पाँचथरका बिशेष प्रहरीको सकृयतामा डुम्रेवाट तनहुँ प्रहरीको सहयोग लिएर पक्राउ गरेपछि उनलाई शनिवार राती फिदिम ल्याइएको हो । उनलाई पिछा गर्ने क्रममा पोखराको डान्सवारमा मनोरञ्जन गरिरहेका बखत खिचिएको भिडियो पनि पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।

भुटियालाई आइतवार नै जिल्ला अदालत पाँचथरमा पेश गरी अनुसन्धानका लागि म्याद थपिएको पाँचथर प्रहरीले जनाएको छ । उनी बिरुद्ध ठगी मुद्धा चलाइने पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment