+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकार परिवर्तन मुलुकका लागि दुर्भाग्यः सुजाता

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते ९:०२

SUJATA  (5)२६ जेठ, मोरङ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताएकी छिन् ।

मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताइन् । सरकार परिवर्तनको खेलमा लागे त्यो देश र जनताका लागि दुर्भाग्य हुने उहाँको कथन थियो । सरकार परिवर्तनले देशमा राजनीतिक स्थायित्व र विकास नहुने उनको भनाइ थियो ।

उनले भनिन्, “अब सबै दल मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ ।” अन्य मुलुकमा सरकार पूरै अवधि टिक्ने गरेकै कारण विकास भएको उहाँको तर्क थियो । उनले  काँग्रेस अब सरकारमा नगई बलियो प्रतिपक्षकै भूमिकामा बस्नुपर्ने बताइन् । “संसदीय शासन प्रणालीमा बलियो प्रतिपक्ष आवश्यक पर्छ,” कोइरालाले भनिन्, “त्यो भूमिका काँग्रेसले निर्वाह गर्छ ।”

स्थिर सरकार नभएकै कारण मुलुकले आर्थिक उन्नति गर्न नसकेको उनको भनाइ थियो । सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनःनिर्माणको काम गर्न नसकेको कोइरालाको अारोप थियो ।  “सरकारले काम गर्न सकेन भनेर ढाल्नेतिर लाग्नु हुँदैन,” उनले भनिन् , “प्रतिपक्ष दलले जहिले पनि सरकारका कमीकमजोरीलाई जनताबीच लिएर जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?