Comments Add Comment

च्यातिएको कपडामा वकिल, चीनमा हंगामा

china_judge२७ जेठ, काठमाडौं ।  भनिन्छ कि एक तस्वीर हजार शब्द भन्दा शक्तिशाली हुन्छ ।

त्यसैले जब चीनमा एक वकिलको तस्वीर सार्वजनिक भयो, सबैको ध्यान चीनमा वकिलमाथि हुने व्यवहारमाथि केन्द्रीत भएको छ ।

चीनमा वकिललाई प्रताडित गर्नु, हिरासतमा लिनुदेखि जेल हालेको स्म्ममा खबर आइरहन्छ । यस्तोमा च्यातिएको कपडामा कविलको तस्वीरले विषय कति गम्भीर छ भन्ने देखाउँछ ।

यो तस्वीर छिंगशियू जिल्ला अदालत परिसरको हो र, यी वकिलको कपडा पुलिसले च्यातिदिएको बताइएको छ ।

वू सहितका वकिलहरुले अदालतका अधिकारीहरुलाई बताए अनुसार दुई न्यायाधीशकै अगाडि तीन पुलिस अधिकारीले उनीहरुमाथि आक्रमण गरेका थिए  ।

क्वांगशी प्रात्म नानिंगको जिल्ला अदालतका न्यायाधीशले एक मुद्धा दर्ता गर्न वुले दिएको निवेदन खारेज भएपछि यो कुटपिट भएको हो ।

वूलाई नयाँ कपडा लिन प्रस्ताव गरिएको थियो । तर, उनले त्यससलाई अस्वीकार गरे । उनलाई थाहा थियो कि फाटेको कपडामा उनीको तस्वीर कति शक्तिशाली हुनेछ ।

त्यसपछि उनी अदालत परिसरको मुख्य गेटमा आए र, यही तस्वीर खिचियो । यदि उनको ध्यान आफूमाथि भएको घटना र चीनमा वकिलहरुको दुःखबारे मानिसहरुलाई ध्यानाकर्षण गराउनु हो भने उनी सफल भए ।

अधिकारीहरुले भने वूले अदालतमा गैरकानुनी रुपमाम रेकर्डिङ गरेको आरोप लगाएका छन् । सुरुमा उनको मोबाइल मागेको तर, नदिएको उनीहरुले बताए । अदालतमा पुलिसले वूलाई कुटेको नभइ मोबाइल लिने क्रममा बल प्रयोग भएको हो ।

यता चीनका वकिलहरु भने यसको विरोध गरेका छन् र अदातलभित्रको सीसीटीभी फुटेज माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment