Comments Add Comment

विप्लव माओवादीको नेपाल बन्दः सडकमा कार्यकर्ता होइन, सुरक्षाकर्मी मात्रै

sadak banda_butwal

२७ जेठ, बुटवल । बिप्लव नेतृत्वको नेकपा माओवादीको नेपाल बन्दमा सडकमा कार्यकर्ता उपस्थिती देखिएको छैन । बरु सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिती देखिएको छ । रुपन्देहीमा बन्दको प्रभाब परेको छ  यद्यपी शडकमा कार्यक्रता देख्न पाइएको छैन  ।

नेकपा माओवादीले आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै आज मुलुकभर बन्दको आब्हान गरेको हो । बन्दका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दले रुपन्देहीको जनजीवन बिहानैबाट प्रभाबित भएको हो ।

बुटवलका कुनैपनि चोकमँ विप्लब माओवादीका कार्यकर्ता छैनन्  । तर पनि सवारी साधानहरु मुख्य सडकमा गुडेका छैनन् । मोटरसाइकलहरु भित्री सडमा गुडेका छन् ।

बन्दकर्ताहरु सडकमा नआएर किन घरै लुकेको ? भन्ने प्रश्नमा माओबादीका रुपन्देही सेक्रेटरी सरद अलीले अनलाइनखबरसँग भने-‘हामी लुकेका होइनौं, आन्दोलनको शैली बदलेका हौं,’ उनले भने हामीले सडकलाइ नियालिरहेका छौं बन्दलाइ हामीले देशभरी नै शान्तिपूर्ण बनाउने कार्यक्रम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment