Comments Add Comment

पौने २ लाखसहित पोखरामा ७ जुवाडे पक्राउ

२७ जेठ, पोखरा । कास्की प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरीको टोलीले पोखरा-६ लेकसाईड नारेश्वरस्थित होटल लेकविनमा जुवा खेल्दै गरेका उनीहरुलाई नगद १ लाख ७३ हजार ७ सय रुपैयाँसहित बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा-८ का २७ वषिर्य लक्ष्मण कुवँर, पाल्पा अर्गेली घर घई पोखरा बस्ने ३७ वषिर्य याम क्षेत्री, धनकुटा धिन्ताङ घर भई पोखरा-९ बस्ने ३८ वषिर्य गंगाबहादुर राई, मकवानपुर घर भई पोखरा-६ जरेबर बस्ने ३२ वषिर्य रामकाजी खड्का, भारत मोतिहारी घर भई पोखरा-६ बस्ने २७ वषिर्य शम्भु जैसवाल, मकवानपुर घर भई पोखरा-६ जरेबर बस्ने पोखरा-६ बस्ने वसन्त श्रेष्ठ र सिन्धुली दुधौली घर भई पोखरा-६ बस्ने ३४ वषिर्य तिलक बुढाथोकी रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment