प्रेममा परेपछि नायिका नम्रता श्रेष्ठ गसिप बजारमा राम्रैसँग छाएकी छिन् । विशेषगरि, प्रेमी दावा शेर्पासँग नम्रता हरेक कार्यक्रममा पुग्छिन् । तर, नम्रता र उनका प्रेमी एकसाथ मिडियामा तस्बिर खिचाउँन चाहदैनन् ।
हरेक कार्यक्रममा प्रेमीसँगै पुग्ने तर खुल्न नचाहने नम्रताको शैली पनि गजबकै छ । तर, यसपटक भने यो जोडीको एकसाथ तस्बिर मिडियामा नआओस् भन्ने चाहना पुरा भएन । बिहिबार बेलुकी चलचित्र ‘गाजलु’ हेर्न कुमारी हल पुगेको यो जोडी रेड कार्पेटदेखि एकसाथ चलचित्र हेर्दै गरेको समयमा अनलाइनखबरको क्यामेरामा कैद भएका छन् ।
नम्रता र दावा एकसाथ गाडीमा आएका थिए । रेड कार्पेटमा समेत एकसाथ देखिएका यी दुइले चलचित्र पनि एकसाथ हेरे । मिडियाको क्यामेरा सोझिएपछि नम्रता र दावा केही सजग देखिन्थे ।
नम्रता दावासँगको प्रेममा परेपछि चलचित्रकर्मीसँगको संगतबाट पनि टाढा भएको गसिप बजारमा चर्चा छ । निमन्त्रणा गरिएका हरेक कार्यक्रममा नम्रता प्रेमीसँग नै पुग्छिन् तर खुल्न चाहन्नन् ।
प्रतिक्रिया 4