Comments Add Comment

अवरोध हटाउन मुग्लिन नारायणगढ सडकमा अब सुरक्षा फोर्स

Muglin-Narayangadh३० जेठ, चितवन । दैनिकजसो जामहुने मुग्लिन नारायणगढ सडकमा संयुक्त सुरक्षा फोर्स परिचालन हुने भएको छ ।

 लामो समयदेखि जारी सडक विस्तारका कारण अबरोध र बाढी पहिरोको जोखिम बढेकाले जिल्ला सुरक्षा समिति मार्फत  संयुक्त सुरक्षा फोर्स स्थापना गरी सडकमा हुने सबैखाले अबरोध हटाईन लागेको हो ।

जिल्लास्थित जनपद प्रहरी र सशस्त्र सीमा सुरक्षा बल आँपटारीको संयुक्त सुरक्षा फोर्स परिचालन गरी  अबरोध हटाउने कार्य सुरु हुन लागेको जिल्ला सुरक्षा समिति चितवनले जनाएको छ ।

‘पटकपटक सडकजाम, बाढी पहिरोले गर्दा यो सडकमा यात्रुहरुले समस्या खेप्दै आएका थिए’  चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले  अनलाइनखवरसँग भने, ‘अब तत्कालै त्यस्ता अबरोध हटाई पूर्णरुपमा सडक सुचारु गर्न संयुक्त सुरक्षा फोर्स सुरक्षा समितिको निर्णय अनुसार स्थापना गर्न लागिएको हो ।’

आगामी २ महिनासम्म सो क्षेत्रमा रहने संयुक्त सुरक्षा फोर्समा जनपद प्रहरीका ११ जना र सशस्त्रका १३ जना प्रहरीहरु खटिने कुँवरले बताए ।

सशस्त्र प्रहरीको प्रहरी नायव निरीक्षकको नेतृत्वमा र जनपद प्रहरीको प्रहरी सहायक निरीक्षक कमल विकको नेतृत्वमा टोली खटाइने समितिले जनाएको छ ।

सबैभन्दा अबरोध हुने सडक खण्डको सिमलतालमा स्थापना हुने फोर्सको लागि  जनपद प्रहरीका प्रहरी सहायक निरीक्षक कमल विकको नेतृत्वमा आजनै ११ जनाको टोली सो क्षेत्रमा खटिएको कुँवरले बताए ।

जनताले सहज रुपमा यात्रा गर्न पाउने अधिकारलाई स्थापित गर्न जनपद र सशस्त्रप्रहरी मिलेर संयुक्त फोर्सले यात्रुलाई सहज हुने  सीमा सुरक्षा कार्यालय चितवनका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्काले बताए ।

यस अघि यहि असार १ गतेदेखि भने उक्त सडक बन्द नहुने बताउदै आइएको छ ।   अहिले दिउँसो ११ बजेदेखि ३ बजेसम्म यातायात पूर्ण बन्द गरेर काम हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment