+
+
Shares

प्रचण्डले भने- सिधै सत्ता कब्जा गर्न चाहान्थ्यौं तर परिस्थितिले सम्झौतामा आउनु पर्‍यो

'सहिद-वेपत्ता परिवारको मुहार हसिलो नबनाई बिश्राम लिन्नौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १६:३६

Prachanda-at-Bardiya
३० जेठ, बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहिद र बेपत्ता परिवारको मुहार हसिलो नबनाइ आफूहरुले विश्राम नलिने बताएका छन् ।

बर्दियाको सुर्यपटुवास्थित डल्ला भन्ने स्थानमा आइतबार सहिद बेदप्रसाद योगीको शालिक अनावरण गर्दै प्रचण्डले भने, ‘जबसम्म राष्ट्रको एकता बलियो हुने छैन, जबसम्म सहिद-वेपत्ता परिवारको मुहार हसिलो हुने छैन, तबसम्म हामी विश्राम लिने छैनौं ।’

माओवादी फेरि एकतावद्ध भएकाले अब नेपाल नयाँ बन्ने प्रचण्डले दाबी गरे । सिधै सत्ता कब्जा गर्ने माओवादीको योजना भए पनि परिस्थितिले सम्झौता गर्न बाध्य भएको उनले बताए ।

‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता कुराहरु यसकै विरोधीहरुलाई समेत मान्न बाध्य पार्‍यौं । यि एजेण्डा नेपाली काँग्रेस एमालेले मानिदिए, त्यसका लागि धन्यवाद । यि एजेण्डा हाम्रा हुन् । यसको कार्यान्वयन हाम्रै नेतृत्वमा मात्र सम्भव छ,’ प्रचण्डले भने, ‘मानिसले विश्वास गरेका थिएनन् कि माओवादीले सिंगै देशलाई उचाल्न सक्छ भनेर । हामी सिधै सत्ता कब्जा गर्न चाहान्थ्यौं । तर देशको परिस्थितिको कारण सम्झौतामा आउनु परेको हो । शान्ति प्रक्रियामा आएपछि अलि अप्ठ्यारो पनि भएको हो ।’

जनयुद्धकालमा सबैभन्दा धेरै व्यक्ति वेपत्ता भएको जिल्ला बर्दिया हो भन्दै प्रचण्डले आफ्नो अधिकारका निम्ति कहिल्यै नझुकेर निरन्तर अगाडि बढेको थारु समुदाय समुदायको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?