Comments Add Comment

भारतमा जन्मियो जिउमा छाला नभएको पहिलो बच्चा

Baby born with bizarre genetic disorderभारतमा पहिलोपटक जिउमा छाला नै नभएको बच्चा पहिलोपटक जन्मिएको छ । भारतको नागपुरस्थित एक अस्पतालमा शुक्रबार स्थानीय एक महिलाले जिउमा छाला नभएको, जिउभरी चिरा परेको तथा मुख र आँखाको भागमा रातो भएको डरलाग्दी बच्ची जन्माएकी हुन् ।

यस्तो समस्या भएको बच्चालाई हार्लेक्विन भनिन्छ । भारतमा हार्लेक्विन बच्चा जन्मिएको पहिलोपटक भएको डाक्टरहरुले बताएका छन् ।

नागपुरको लता मंगेशकर अस्पतालको आइसियूमा अहिले यो बच्चाीको उपचार भैरहेको छ । विज्ञहरुका अनुसार विश्वमा हरेक ३ लाख जन्ममा एक जनामा यस्तो समस्या हुनसक्छ । यो निकै दुर्लभ वंशाणुजन्य रोग हो । यो रोग भएका बच्चा जन्मिँदा पूरै सरीर बाक्लो कत्लाले ढाकिएको हुन्छ पछि त्यसमा चिरा पर्दछ । सरीरका बाहिरी अंगपनि राम्रोसँग विकशित भएको हुँदैन । चिरा परेको ठाउँमा संक्रमणको जोखिम हुन्छ ।

यो बच्चीको जिउमा कतैपनि छाला नभएको हुँदा छाला प्रत्यारोपण सम्भव नभएको डाक्टरहरुले बताएका छन् । अब जिन्दगीभर यी बालिकाले जिउमा संक्रमण रोक्न तथा चिराबाट रगत आउन रोकी नरम पार्नका लागि मोस्चराइजरको प्रयोग गर्नुपर्नेछ । जाडो महिनामा चिराहरुबाट रगत बग्नेछ । भारतमा यस्तो रोगको उपचार सेवा निकै कम रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment