केटीहरु किन अग्लो जिउडाल भएका केटाहरु मन पराउँछन् ? दक्षिण कोरियाको एक विश्वविद्यालयमा भएका एक अध्ययनले समान कद भएका भन्दा अलिक फरक कद भएका महिला पुरुषबीचको जोडी बढि टिकाउ तथा खुसी र सुखी हुने तथ्य पत्ता लगाएको छ ।
अध्ययन अनुसार ५० प्रतिशत भन्दा बढि महिलाहरु आफुभन्दा निकै अग्ला पुरुषसँग डेट गर्ने गरेका छन् । आखिर महिलाहरु आफुभन्दा अग्ला पुरुषलाई किन मन पराउँछन् त ? कारण यस्ता रहेछन्ः
- महिलाहरुका अनुसार जो पुरुषहरुको उचाइ अधिक हुन्छ उनीहरु केवल तागतवान मात्र होइन बुद्धिमान पनि हुन्छन् । होँचा पुरुषहरुको तुलनामा अग्ला पुरुषहरु बढि आत्मविश्वासी हुने विश्वास महिलाहरुमा हुन्छ ।
- अग्लो जिउडाल भएका पुरुषहरुले महिलाहरुलाई शारीरिक सुरक्षाको अनुभुति प्रदान गर्दछन् । जबकी होँचा पुरुषहरुबाट महिलाहरुे पर्याप्त रुपमा सुरक्षाको अनुभुति गर्न सक्दैनन् । सोही कारण महिलाहरुले सुरक्षाको अनुभुति गराउन सक्ने अग्ला पुरुषहरुको खोजी गर्दछन् ।
- अग्लो जिउडालका पुरुषहरु प्रायः अरु मानिसहरुमाथि आफ्नो वर्चस्व कायम राख्न सफल हुन्छन् । उनीहरुको आत्मविश्वासका कारण यस्तो सफलता प्राप्त गर्दछन् । उनीहरुको यो स्वभाव महिलाहरुलाई मन पर्दछ ।
- अग्लो पुरुष स्वस्थ तथा तन्दुरुस्त देखिन्छ । त्यसैले यस्तो पुरुषसँग रहेर महिलाहरुले आफ्नो फिटनेसको पनि पूरा ख्याल गर्दछन् ।
- अग्लो पुरुषको जोडी बन्दा महिलालाई हाइ हिल लगाउने तथा अन्य खाले फेसन सम्बन्धी कुरामा पछि हट्नु पर्दैन । त्यसैले स्वतन्त्र तथा निस्फिक्री भएर फेसन अँगाल्नका लागि पनि उनीहरु अग्लो पुरुषको अर्धांगिनी बन्न चाहन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4