Comments Add Comment

कुन्मिङ बिजनेश फोरममा उपराष्ट्रपति पुनको सम्बोधन

Nanda-Bahadur-Pun

३१ जेठ, काठमाडौं । चीनको एक साता लामो औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले युनान प्रान्तस्थित कुन्मिङ शहरमा आयोजित ‘११ औँ चीन-दक्षिण एसिया बिजनेस फोरम’ लाई सम्बोधन गरेका छन् ।

चीनको कुन्मिङमा अयोजित समारोहलाई आइतबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधान जारी भएसँगै शान्तिप्रक्रिया टुंगिएकाले नेपाल ठूलो लगानीको प्रतीक्षामा रहेको बताए ।

नेपालको पूर्वाधार, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपालसँग साझेदार गर्न उपराष्ट्रपतिले चिनिया उद्योगीहरुसँग आग्रह गरे । उनले कुन्मिङ शहर र नेपालको पोखरा शहर भागिनी शहरको रुपमा स्थापित गराउन पहल भइरहेकोमा खुसी व्यक्त गरे ।

यस्ता कार्यक्रमले केवल व्यापारिक सम्बन्ध विस्तारमा मात्र सिमित नरही दक्षिण एसिया र चीनबीच वौद्धिक अन्तरकृया तथा अनुभवहरुको आदानप्रदान समेत हुने उपराष्ट्रपतिले बताए ।
उनले नेपाल सरकारले चीनको वान बेल्ट वान रोड अभियानको पूर्ण समर्थन गरेको भन्दै यसको कार्यान्वयनका लागि चीनसँग सहकार्य गर्न तत्पर रहेको जानकारी दिए । यसले नेपाल र चीनमात्र होइन, समस्त क्षेत्रीय विकासमा योगदान पुग्ने अपेक्षा उनले गरेका छन् । नेपाल एक चीन नीतिप्रति सधै प्रतिबद्ध रहेको पनि उनले प्रष्ट पारे ।

गत वर्षको विनाशकारी भूकम्पपछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि चीनबाट प्राप्त सहयोग र एकेवद्धता नेपालीले कहिल्यै विर्सन नसक्ने महत्वपूर्ण र ऐतिहाँसिक सहयोग भएको उपराष्ट्रपति पुनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment