३२ जेठ, काठमाडौं । राप्रपा नेपालले पार्टीको प्रदेश संरचना बनाउने निर्णय गर्दै चार प्रदेशमा संयोजक तोकेको छ ।
मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश नम्बर १ मा राजेन्द्र लिङ्देन, २ मा राजिव पराजुली, ३ मा टंक ढकाल र ५ नम्बर प्रदेशमा धवलसमशेर राणालाई संयोजक तोकेको हो ।
बाँकी तीन प्रदेशमा पछि संयोजक तोकिने राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । ‘उपयुक्त व्यक्तिलाई उपयुक्त समयमा जिम्मेवारी दिन्छौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
कार्यसम्पादन समिति बैठकले एक महिने प्रशिक्षण चलाउने निर्णय पनि गरेको छ । असार २३ गतदेखि साउन २३ गतेसम्म प्रशिक्षण चलाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
पार्टीको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने पूर्व निर्णयअनुसार अधिवेशन हुन नसकेका जिल्लाहरूको अधिवेशन असार मसान्तसम्म थप गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया 4