+
+
Shares

एक डाक्टरद्वारा एकै दिन ८ हजारको स्वास्थ्य परीक्षण !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते ६:५८

Doctor१ असार काठमाडौं । सवारी चालक अनुमतिपत्र लिन आवेदन दिँदा गरिने स्वास्थ्य परीक्षणमा चरम लापरबाही भएको पाइएको छ ।

यातायात व्यावस्था कार्यालय मेचीमा मोटरसाइकलको लाइसेन्सका लागि दस हजारभन्दा बढीको निवेदनमध्ये ८ हजारजनाको स्वास्थ्य परीक्षण एकजना चिकित्सकले एकै दिन गरेको अनुसूची पेस भएको उक्त कार्यालयका कर्मचारीले बताएका छन् ।

निवेदकहरु भन्छन्, ‘सवारी चालक अनुमतिपत्रका लागि गरिएको स्वाथ्य परिक्षण्मा डाक्टरको अनुहार पनि देखिएन ।’
मोटरसाइकलको लाइसेन्सका लागि दस हजारभन्दा बढी निवेदकले यातायात व्यवस्था कार्यालय मेचीमा निवेदन दर्ता गराएका छन् । निवेदन अहिले कम्प्युटरमा पोस्टिङ गर्ने काम यातायात व्यावस्था कार्याल मेचीले गरिरहेको अाजको अन्नपूर्णमा समाचार छ ।

तर यातायात व्यावस्था कार्यालय मेचीमा दर्ता भएका मोटरसाइकल लाइसेन्सका अधिकांश निवेदनमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक डा. एसके झाले निवेदन बुझाउने अन्तिम दिनमा निरोगिता जाँच गरेको अनुसुची सेवाग्राहीले समावेश गरेका छन् ।  तर लाइसेन्स निवेदकले भने डा. झाको अनसहार समेत नदेखेको बताए ।

चिकित्सक झाले सबैतिर यस्तै प।पिाटी रहेको भन्दै आफूले एकैदिनमा आठ हजार निवेदकको स्वास्थ्य जाँच गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?