काठमाडौं । आइसल्याण्डले अर्को धमाका गर्यो । युरोपियन च्याम्पियनसिपमा छनौट भएको सानो देशले डेब्यू खेलमा पोर्चुगलसँग आनन्ददायी रिजल्ट निकाल्यो । र, उनीहरुको सम्झनालायक सेलिब्रेसनको झड्का मैदानमा मात्र सिमित रहे ।
कप्तान क्रिष्टियानो रोनाल्डोले ‘सानो मानसिकता’ राखेको र महत्वकांक्षा नै नभएको भन्दै विपक्षी टिमको आलोचना गरेका छन् । साथै उनले सेलिब्रेसनलाई लिएर आइसल्याण्डको समेत आलोचना गरेका छन् । खेलपछि रोनाल्डोले भनेका छन्, उनले भने, उनीहरुले जसरी सेलिब्रेसन गरे, युरो जिते जस्तै थियो ।’
बकिव एयरनसनको भली गोलको मदतमा आइसल्याण्डले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको हो ।
तर, रोनाल्डोले भने खेलबाट केही पाउन आइसल्याण्ड योग्य नभएको बताए । आफूहरुले खेल जित्न प्रयास गरेको तर, आइसल्याण्डले कुनै प्रयास नै नगरेको पोर्चुगलका कप्तान रोनाल्डोको आरोप छ । ‘उनीहरुले एक गोल गरे, ९० मिनेटमा दुई अवसर सृजना गरे, उनले भने, उनीहरुका सबै खेलाडी बलको पछाडि दौडिए । उनीहरुले नेटमा बस नै राखे ।’
खेलका क्रममा रोनाल्डो गोल गर्न असफल रहे । र, उनको यो १२७ क्याप थियो र लुइस फिगोको रेकर्डसँग बराबरी गरे ।
३१ वर्षे रोनाल्डोले यसलाई आइसल्याण्डका लागि लक्की रातको संज्ञा दिएका छन् । जुन देशको यो ठूलो प्रतियोगितामा पहिलो उपस्थिति हो र आइसल्याण्डको जनसंख्या मात्र ३ लाख ३३ हजार छ ।
प्रतिक्रिया 4