१ असार, ललितपुर । एकान्तकुनामा ३५ रोपनी क्षेत्रफलमा ‘सुजुकी ड्राइभिङ स्कुल’ सञ्चालनमा आएको छ । सुरक्षित सवारी सञ्चालनलाई प्राथमिकता दिँदै स्थापना गरिएको सो स्कुलको उद्योगपति अरुण चौधरी र मारुती-सुजुकी भारतका कार्यकारी निर्देशक सशांक श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे ।
स्कुलका अध्यक्ष राजन क्षेत्रीले यहाँको सिकाइ विश्वस्तरको हुने उल्लेख गर्दै दुर्घटना कमी गर्नु आफूहरुको लक्ष्य रहेको बताए ।
‘अज्ञानता र अनुशासनको कारण नेपालमा अत्यधिक सडक दुर्घटना भइरहेका छन्, हामी सवारीसाधान चलाउन सिक्दैखेरी अनुशासनलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता प्रशिक्षार्थीलाई सिकाइरहेका छौंँ’ उनले भने । उपत्यकामा थप तीन ठाउँ र उपत्यका बाहिर प्रमुख सहरमा शाखा विस्तारको तयारी भइरहेको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएका उक्त स्कुलमा १४ जना प्रशिक्षक रहेका छन् । उनीहरुले चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन चलाउन प्रशिक्षण दिने क्षेत्रीले बताए । रासस
प्रतिक्रिया 4