+
+
Shares

नयाँ शक्तिमा स्नातक पासको प्रावधान आत्मालोचनासहित फिर्ता, करिश्मालाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते २०:२४

१ असार, काठमाडौं । नयाँ शक्ति नेपालबाट सांसदमा उठ्न स्नातक पास हुनुपर्ने चर्चा सामाजिक सञ्जालमा तीव्र छ । यद्यपी नयाँ शक्तिले भने आफ्नो विधानबाट यो व्यवस्था हटाइसकेको छ ।

Naya-Shakti-Nepalसामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नायिका तथा नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरसँग जोडेर स्नातक पासको विषयलाई उछालेका थिए । करिश्मा ‘अन्डर एसएलसी’ हुन् । यदि स्नातक पासको प्रावधान राखिएको भए उनको नयाँ शक्तिबाट सांसदमा उठ्ने ढोका बन्द हुन्थ्यो ।

कसरी लेखियो विधानमा ?

नयाँ शक्ति नेपालका एक नेताका अनुसार विधान बनाउने क्रममा भएको बन्द छलफलमा सांसद बन्न स्नातक पास हुनुपर्ने प्रस्ताव आएको थियो । तर, बन्दसत्रले यसमा कुनै निर्णय गरेको थिएन ।

नयाँ शक्तिका नेताहरु त्यतिबेला आश्चर्यमा परे जब छापिएर आएको विधानमा स्नातक पासको वाध्यकारी प्रावधान थियो । बन्द छलफलमा धेरै नेताले यो व्यवस्थाको चर्को विरोध गरे । यसबारे सामाजिक सञ्जालमा चर्चा चुलिएपछि बन्दसत्रमा ‘हंगामा’ नै भएको ती नेताले बताए ।

लगत्तै विधान संशोधन समितिले आफ्नो गल्तीका कारण यो व्यवस्था विधानमा समावेश हुन गएको भन्दै फिर्ता लिएको छ । विधान समिति सम्वद्ध स्रोतले भन्यो, ‘यस विषयमा विधान मस्यौदा कमिटीले आत्मालोचना नै गर्नुपर्‍यो ।’

प्रारम्भिक मस्यौदामा समावेश भएको स्नातक पासको प्रावधान आत्मालोचनापछि मेटिएको तर छापिँदा पुरानै मस्यौदा छापिएर आएको स्रोतको भनाई छ ।

छापिएको मस्यौदामा राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने व्यवस्था पनि उल्लेख थियो, जबकि नयाँ शक्तिले केन्द्रीय कमिटी नबनाइकन हालको अन्तरिम केन्द्रीय परिषदलाई नै निरन्तरता दिने निर्णय गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?