Comments Add Comment

यी गाईवस्तु छाडा हुन् कि काठमाडौंका मान्छे ? (तस्वीरसहित)

गौचरनमा परिणत हुन थाल्यो बानेश्वरको फूलबारी

COW (10)

३ असार, काठमाडौं । लाखौं रुपैयाँ खर्चेर निर्माण गरिएको तीनकुने-माइतीघर सडकखण्डमा अवस्थित फूलबारीको दृश्य हो यो । निकै मुस्किलले जोगाइएको यो फूलबारी यतिबेला काठमाडौंबासीको गाईवस्तु चराउने गौचरनजस्तै बनेको छ ।

सार्क सम्मेलनका बेला सरकारी ढुकुटी खर्च गरेर रोपिएका बिरुवा हुन् यी । शुरुमा मानिसहरु हिँडेर फूलबारी माडेको खबर अनलाइनखबरले प्रकाशित गरेपछि सारोकारवालाहरुले चासो दिएका थिए । तर, अहिले यहाँको हालत फेरि उस्तै देखिएको छ । सडकको फूलबारीमा यतिबेला छाडा छाडिएका पशुहरु चर्ने र उग्राउने गौरचनमा परिणत भएको छ ।

COW (2)

फूलबारीमा हरियो दुबो चरेर डम्म अघाएका अनि उग्राइरहेका यी गौमातालाई हेर्दै मानिसहरु ‘छाडा पशु’को संज्ञा दिन्छन् । तर, यी पशुहरु पशुपतिमा छाडिएकाजस्ता साँढे चौपाया नभएर दूध दिइरहेका वा थाकेका घरपालुवा गाई हुन् ।

सडक आसपासका बासिन्दाले दिनभरि आफ्नो गोठका गाईहरु सडक पेटीको फूलबारीमा छाडिदिने गरेका छन् । आफूले काबुमा राख्नुपर्ने गाईवस्तु यसरी छाडा छाड्नेहरुलाई सम्बन्धित निकायले कुनै कारवाही नगर्दा सडकको हरियाली नष्ट हुने खतरा फेरि बढेको छ ।

COW (6)

COW (1)

COW (12)

COW (11)

COW (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment