+
+
Shares

सुन बेच्ने भन्दै ४० लाख लिएर फरार

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते ६:२०

gold-silver-600X300४ असार, काठमाडौं । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ ।

४० लाखमा एक किलो सनु दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन् । सिराहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो ।

यादवद्वयलाई सिराहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन् । गोशालाको एक होटलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार भएका हुन् । सोनीका साथी नवीनलाई भने प्रहरीले पक्राउ गरेको छ । सानी भागेपछि नवीनलाई सन्तोष र नीरजले बानेश्वरमा बन्धक बनाएका आजको नयाँ पत्रिका दैनिकामा समाचार छ ।

एक व्यक्तिको अपहरण गरी बन्धक बनाइएको भन्ने सूचनाका आधारमा प्रहरीले बिहीबार बानेश्वरको मागेश्वरा मार्गस्थित राम उद्गार यादवको घरमा छापा मारेर चौधरीलाई उद्धार गरेको थियो ।

अनुसन्धान गर्दा चौधरीका साथीले ४० लाख लिएर भागेपछि उनलाई बन्धक बनाइएको खुलेको हो ।

एक किलो सुनको ५० लाख पर्ने भए पनि ४० लाख रुपैयाँमा दिने भन्दै प्रलोभनमा पारेर उनीहरुलाई ठगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?