६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान एउटा मिनीबसमाथि भएको बम आक्रमणमा नेपाली सुरक्षा गार्डहरु परेको आशंका गरिएको छ । अात्मघाती अाक्रमण स्थानीय समय अनुसार बिहान ५ बजे भएको जनाइएको छ ।
रोयटर्स समाचार संस्थाका अनुसार पुल ए चर्खी भन्ने स्थानमा बसबाट शवहरु निकालिदै गरेको स्थानियले देखेका छन् ।
रोयटर्सलाई एक सरकारी सूत्रले जनाएअनुसार बसमा नेपाली सुरक्षा गार्डहरु रहेका थिए । तर, अर्को सूत्रले भने बसमा अफगानिस्तानका सरकारी कर्मचारीहरु सवार भएको बताएको रायटर्सले जनाएको छ ।
उता अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले सरकारी अधिकारीलार्इ उद्धृत गर्दै १२ जना सम्म नेपाली बसमा रहेको हुनसक्ने जनाएको छ ।
अपडेटः अफगानिस्तानबाट प्रसारण हुने टोलो न्यूज टिभीले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार मृत्यु हुनेको संख्या १३ रहेको छ भने घाइतेको संख्या २६ रहेको छ । मृत्यु हुनेमा अधिकांश नेपाली र फिलिपिनो सुरक्षा ठेकेदार रहेको टोलो न्यूजले दाबी गरेको छ ।
अपडेटः विस्फोटको जिम्मेवारी तालिवानले लिएको अफगानिस्तानका सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया 4