Comments Add Comment

नेपाली बजारमा भित्रियो बेलायती स्कुटर स्कोम्याडी

Scomadi-Scooter
६ असार, काठमाडौं । नेपाली स्कुटर बजारमा नयाँ ब्रान्डको प्रवेश भएको छ । बेलायती स्कोम्याडी स्कुटर नेपाली बजारमा भित्रिएको हो ।

आभाष इन्टरनेशनलले बेलायती स्कोम्याडी स्कुटर नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार स्कोम्याडी नेपालमा पाइने एकमात्र बेलायती स्कुटर हो । यो स्कुटर १२५ सिसी इञ्जिन क्षमतामा उपलब्ध छ ।

स्कोम्याडी स्कुटरको सबैभन्दा आकर्षक पक्ष यसमा रहेको फ्युल ट्यांक हो । यसमा बाइकको जत्रै ११ लिटर क्षमताको फ्युल ट्यांकी रहेको छ । जसले गर्दा लामो यात्रा गर्न सहजता हुनेछ । अहिले नेपाली बजारमा उपलब्ध स्कुटरमा ४ देखि ६ लिटर इन्धन अटाउँछ ।

Scomadi-Scooter-2

स्कोम्याडी स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । आकर्षक डिजाइन्मा रहेको यो स्कुटरले नेपाली ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार यो स्कुटर अरु प्रतिस्पर्धी स्कुटर भन्दा केही फरक रहेको छ ।

अहिले यो स्कुटर महाराजगञ्जमा राखिएको छ । छिट्टै पोखरामा शाखा विस्तार गर्ने कम्पनीले जनाएको छ । विस्तारै देशका मुख्य शहरमा स्कोम्याडी स्कुटर पुर्‍याउने कम्पनीको लक्ष्य छ ।

यो स्कुटरमा फाइनान्सको समेत सुविधा उपलब्ध छ । ग्राहकले महिनावारी पाँच हजार तिरेर यो स्कुटर खरिद गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment