६ असार, काठमाडाैं । अफगानिस्तानको काबुलमा १४ जना नेपालीहरुको ज्यान जाने गरी भएको आक्रमणबारे पाकिस्तानस्थित नेपाली दूतावासमार्फत जानकारी लिने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता सुधिर भट्टराईले मारिएका नेपालीहरुको विषयमा ठोस सुचना आइनसकेको बताए ।
‘आक्रमणमा नेपालीहरु परेको सुचना आएको छ, तर मारिएकाहरुको संख्या र विवरण आउन बाँकी छ । हामी पाकिस्तानी दुतावासमार्फत बुझिरहेका छौं,’ उनले भने ।
अफगानिस्तानमा नेपालको कुटनीतिक नियोग छैन । पाकिस्तानस्थित नेपाली दूतावासले आफगानिस्तानको मामला हेर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4