Comments Add Comment

वायेने रुनी भर्सेस मरेक हाम्सिक

players (5)

मरेक हाम्सिक

यो चयन गर्न निक्कै कठिन हुन्छ कि स्लोभाकियाको उत्कृष्ट खेलाडी हाम्सिकभन्दा अरु कोहि हुन सक्छन् । रुस र वेल्सबिरुद्धको यसअघिका दुई खेलमा देखिएको उनको प्रदर्शनबाट पुष्टि भइसकेको छ कि उनी युरोपकै एक उत्कृष्ट प्लेमेकर हुन् ।

२८ बर्षीय नापोली सेन्टर मिडफिल्डर हाम्सिकको मिडफिल्डबाट गोलका अवसर सृजना गर्ने क्षमता र अक्सर गोल गर्ने कलाप्रति इंग्लिस टोल सितर्क रहनुपर्नेछ । जव यिनको खुट्टामा बल पर्छ स्लोभाकियाको आक्रमणको खतरा अत्याधिक हुन्छ । त्यसैले आजको खेलमा इंग्ल्याण्डका एरिक डिएरको प्रदर्शनले निर्णायक भुमिका खेल्न सक्छ ।

मुख्य स्ट्राइकर कोजाकलाई टोलीमा राखिएन भने हाम्सिकलाई आजको खेलमा स्लोभाकियाली टोलीको मुख्य जिम्मेबारी दिइन सक्छ । स्लोभाकियाली राष्ट्रिय टोलीबाट खेलेका ८९ खेलमा १९ गोल गरेका छन् । सन् २००७ यता इटालीयन टोली नापोलीबाट खेलिरहेका उनले ३१९ खेलमा ८१ गोल गरेका छन् ।

वायने रुनी

संभवतः आज हुने स्लोभाकियाबिरुद्धको खेलमा मिडफिल्डमा इंग्लिस स्टार वायने रुनीको क्षमताको सच्चा परिक्षण हुनेछ । उनको शालिनता र अनुभव वेल्स विरुद्धको खेलमा प्रष्टसँग झल्किएको थियो । तर उनको खेलको प्रकृति हेर्दा थुप्रै पासहरु उनले उफब्ध गराए तर त्यहाँ उनको प्रदर्शन त्यति रचनात्मक र आविस्कारक थिएन जति त्यस पोजिसनबाट खेल्ने खेलाडीमा हुनुपर्छ साथै जति उनीबाट अपेक्षा गरिएको थियो ।

स्लोभाकियाले ४-६-० फर्म्याटमा खेल्ने संभावना छ । जुन संरचनामा उसले रुसबिरुद्ध खेलेको थियो । र यो रणनीति धेरै हदसम्म सफल भएको थियो । यस्तो संरचना प्रयोग गरेमा हाम्सिक र अन्डरेज दुदाले स्ट्राइकरको भुमिका पाउन सक्छन् । रुनीले वेल्स बिरुद्धको खेलमा अधिकांश भुमिका एक मिडफिल्डरको रुपमा निभाएका थिए ।

इंग्लिस प्रशिक्षक रोय हट्सन कप्तानको अहिलेसम्मको प्रदर्शनबाट निक्कै खुसी छन् । तर इंग्लिस टोलीबाट उपाधिका लागि योग्य बनाउन रुनीको खेलस्तर अझै सुधार हुनुपर्नेमा सबैको एकमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment