+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मोवाइल मर्मत व्यवसायमा युवाको आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते ८:१०

mobile_mentence_tranning७ असार, ताप्लेजुङ । मोवाइल फोनको बढ्दो प्रयोगसँगै ताप्लेजुङका युवायुवतीहरु मोवाइल मर्मत व्यवसाय तर्फ आकषिर्त भएका छन् ।

गाउँ देखि शहरसम्म सबैको हात हातमा मोवाइल हुने र मर्मत गर्ने ठाउँ पनि सिमित भएको यस जिल्लामा पछिल्लो समय भने यसको मर्मत गर्ने व्यवसाय तर्फ युवा युवतीको चासो बढेको हो ।

मोवाईल विगि्रएमा मर्मतका लागि सदरमुकामनै आउनुपर्ने र सिमित स्थान हुँदा मर्मतको लागि पनि धेरै समय लाग्ने भएकाले यस व्यवसाय तर्फ आफुहरु आकषिर्त भएको स्थानिय अनिल नेपालले बताए ।

युवायुवतिको यस तर्फ आकर्षण बढेपछि घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङले जिल्लाका विभिन्न गाविसका एक युवति सहित बाह्र जनालाई मोवाईल मर्मत सम्बन्धि तालिम समेत प्रदान गरीहको घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका प्रमुख नविन पौडेलले बताए ।

ग्रामिण क्षेत्रमा समेत विद्युत उत्पादन भएकाले तालिम पछि गाउँमानै गएर युवाहरु व्यवसायीक बन्न सक्ने भएकाले उनीरुलाई तालिम दिएका प्रमुख पौडेलको भनाइ छ ।

गाउँ गाउँमा समेत मोवाईल सेवा प्रदायक कम्पनिहरुले टावर राखि सेवा दिएकाले पहाडि जिल्ला ताप्लेजुङका ७० प्रतिसत स्थानीयले अहिले मोवाइल प्रयोग गर्दै आएको नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?