Comments Add Comment

तल्लो ग्रेड आयो ? प्राविधिक एसएलसी पढेर आत्मनिर्भर बन्नुस्

SLC-Exam-at-Rautahat९ असार, काठमाडौं । एसएलसीमा आफ्नो वा छोराछोरीको न्युन ग्रेड आएपछि चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने सजिलै आत्मनिर्भर उन्मुख गराउनसक्ने प्राविधिक (टी) एसएलसीमा भर्ना गर्नेबारे सोचिहाल्नुस् ।

व्यवसायिक शिक्षा तथा तालिम विकास परिषद् (सीटीइभीटी) ले यसवर्षको टी-एसएलसीमा भर्ना खोलिसकेको छ । एसएलसीमा सबैभन्दा न्युन ‘इ ग्रेड’ ल्याएकालाई पनि टी-एसलएसीमा भर्ना लिइन्छ । त्यसका लागि केही शर्तहरु पनि छन् ।

नेपालमा वाषिर्क २४ देखि २८ हजार विद्यार्थीले प्राविधिक एसएलसी दिन सक्छन् । त्यसअनुसार सीट क्षमता र पूर्वाधार पनि तयार छ । तर, केही विषयमा तोकिएको कोटा पूर्ण हुने गरी पनि विद्यार्थी भर्ना हुन पनि आउँदैनन् । गतवर्ष मुस्किलले २२ हजार विद्यार्थी टी-एसलसीमा सामेल भएका थिए ।

परिषद्को सूचना तथा अनुसन्धान महाशाखाका अनुसार टी-एलएलसीका लागि तोकिएका वर्षमा झन्डै ५ हजार सिटमा विद्यार्थी भर्ना हुँदैनन् ।
प्राविधिक शिक्षालाई दुर्गम क्षेत्रमा केन्द्रित गरेर शिक्षण संस्थाहरु तोकिएका छन् । अहिले सहरी क्षेत्रमा प्राविधिक एसएलसीप्रति चासो बढेको छ ।

अहिले अधिकांश विद्यार्थीलाई प्राविधिक एसएलसीबारे जानकारी नै छैन । अभिभावकले पनि टी-एसएलसीलाई खासै चासो दिएका छैनन् ।

टी-एसएलसी के हो ?

विद्यार्थीलाई स्वरोजगार र आत्मनिर्भर गराउन सहयोग गर्ने प्राविधिक शैक्षिक योग्यता हो, टी-एसएलसी । यो पूर्ण तया प्राविधिक विषयमा दिइने एसएलसी हो ।

अघिल्लो वर्षसम्म प्राविधिक एसलसी दुई तवरमा सञ्चालित थिए । तर, यसवर्षदेखि अप्राविधिक एसएलसी परीक्षा अनुत्तीर्ण नहुने र ग्रेडिङ लगाउने प्रावधान आएपछि यसलाई एउटै खालको बनाइएको हो ।

पहिले १५ र २९ महिने टी-एसएलसी पास थियो । यो वर्षबाट विषयअनुसार १५ देखि १८ महिने कोर्स मात्रै पढाउन लागिएको सीटीइभीटिका प्रवक्ता शिवसंकसर घिमिरेले अनलाइनखबरलाई बताए ।

यसमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक विषय समेटिएको हुन्छ । टीएसएलसी उत्तीर्ण विद्यार्थीले ३ वर्षको प्रमाणपत्र तह अध्ययन गर्न पाउँछन् । यसका लागि टीएसएलसी परीक्षामा ६८.३३ अंक ल्याउनुपर्छ ।

जुम्लाबाट थालनी

नेपालमा पहिलोपटक २०३७ सालमा कणर्ाली प्राविधिक शिक्षालय जुम्लाबाट एसएलसी उत्तीर्ण नभएकालाई संलग्न गराएर प्राविधिक एसएलसीको सुरुवात गरिएको थियो । २०४५ सालमा सीटीइभीटीको स्थापना भएपछि सातवटा संस्थाबाट प्राविधिक शिक्षा अध्ययन गराउन थालियो । तर, यतिका वर्षका बीचमा पनि पुरानो शैक्षिक प्रणालीलाई यसले सामान्य धक्का पनि दिन सकेको छैन ।

टी-एसएलसीका विषय

सीटीइभीटीअन्तर्गत आंगिक, सामुदायिक र निजी गरी देशभर झण्डै साढे ६ सय संस्थामा टी-एसएलसी कक्षा सञ्चालनका लागि भर्ना आह्वान गरिएको छ ।  प्राविधिक एसएलसी तहमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, कार्यालय व्यवस्थापन, विकास तथा व्यवस्थापनलगायत विषय पढाइ हुन्छ ।

इन्जिनियरिङअन्तर्गत इलेक्टि्रकल, सर्भे, सिभिल, जुनियर कम्प्युटर टेक्निसियन, अटोमोबाइल, रेपि|mजेरेटर एन्ड एसी, स्यानिटरी, इलेक्ट्रीकल विषय छन् । यी विषयहरुमा भने विद्यार्थीको सिट कहिल्यै खाली भएको छैन । इन्जिनियरिङतर्फ प्रतिवर्ष झन्डै ५ हजार भन्दा बढी विद्यार्थी भर्ना गर्न सक्ने क्षमता छ ।

इन्जिनियरिङमा चासो बढ्दै गर्दा आˆनो सीट सुरक्षित गर्न प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरु सामेल हुने गरेको प्रवक्ता घिमिरेले बताए । यस्तै सीटीइभीटीले प्राविधिक एसएलसीका लागि स्वास्थ्यतर्फ ९ हजारभन्दा विद्यार्थी भर्ना लिने गरेको छ । स्वास्थ्यअन्तर्गत सीएमए, अनमी, ल्याब असिस्टेन्ट, एएनएम, आम्ची, आयुर्वेद, मेडिसिन असिस्टेन्टलगायत विषय अध्यापन हुन्छ ।

स्वास्थ्यमा पनि इन्जिनियरिङमा जस्तै धेरै विद्यार्थी आकषिर्त छन् । तर, सीमित सिटका कारण प्रवेश परीक्षा दिएका सबैले अवसर पाउँदैनन् । त्यस्तै, कृषिअन्तर्गत पशु जेटी, जेटीए प्लान्ट साइन्स, पशु स्वास्थ्य र टेक्सटाइल एन्ड सेरिकल्चर पढाइ हुन्छ । यसमा पनि विद्यार्थीको आकर्षण सामान्य छ ।

सामाजिक परिचालन, सेक्रटियल म्यानेजमेन्ट, उद्यमशीलता विकास, कलिनरी आर्ट, कार्यालय व्यवस्थापन, होटल व्यवस्थापन लगायतका विषयमा पनि टी-एसएलसी दिन पाइन्छ ।

सीटीइभीटीले आंगिकमा मात्र नभएर निजी क्षेत्रबाट सञ्चालन भएका संस्थाहरुलाई प्राविधिक एसएलसीको कक्षा सञ्चालन गर्ने अनुमति दिएको छ ।

रोजगारीको सम्भावना

व्यावसायिक शिक्षाको अभावमा डिग्री पास गरेका युवा पनि जागिरको खोजीमा सडकमा भौँतारिन बाध्य छन् । तर, उच्च शिक्षा लिएकै भरमा रोजगारी पाइने कुराको कुनै ग्यारेन्टी देशमा छैन । यही अवस्थाको विकल्प हो, टी-एसएलसी । यो उत्तीर्ण विद्यार्थीलाई स्वरोजगार बन्न खासै समस्या हुँदैन । थोरै लगानीमा पनि विभिन्न व्यवसाय सञ्चालन गर्न र रोजगारीकै लागि पनि थुप्रै अवसरहरु यसले सिर्जना गर्छ ।

एसएलसी दिएकाहरुले १५ देखि १८ महिना टीएसएलसी पढ्न कस्सिने हो भने स्वरोजगार बन्न समय नलाग्ने प्रवक्ता घिमिरेको दावी छ । यही सीपका आधारमा विदेशमा गएर पनि राम्रै कमाइ गर्न सकिन्छ ।

सीटीइभीटीबाट प्राविधिक एसएलसी उत्तीर्ण विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित दोस्रो श्रेणी तथा प्राविधिक सेवाको रोजगारीका लागि योग्य हुन्छन् ।

प्राविधिक एसएलसीपछिको ३ वर्षे प्रमाणपत्र तह अध्ययन गरेमा सरकारी सेवामा राजपत्र अनंकित पहिलो श्रेणीमा प्राविधिक सुब्बा वा सो सरहको रोजगारी पाउन सकिन्छ । यस्ता प्राविधिक पदमा लड्नेको संख्या पनि न्यून हुन्छ । त्यसैकारण जागिर नै पाउने विषय प्राविधिक शिक्षा पढेकाका लागि ठूलो नहुने प्रवक्ता घिमिरे बताउँछन् ।

प्राविधिक एसएलसी अध्ययन गरी ३ वर्षको डिप्लोमाका विविध कोर्स पूरा गरेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रसरहको मान्यता पाउँछन् । प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले अन्य शैक्षिक संस्थामा गएर माथिल्लो तहको अध्ययनलाई निरन्तरता दिन पनि सक्छन् । त्यसैले टी एसएलसीमाथि विस्तारै आकर्षण पनि बढिरेको छ ।

कहाँ-कहाँ, कति सीटमा कुन विषयका लागि भर्ना खुलेको छ ?

tslc tslc2 tslc3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment