+
+
Shares

कलाकारको टोलीसँग प्रधानमन्त्रीको हाँसिमजाक

'बालुवाटारका मुसा ढाडे बिराला जत्रा'

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १०:४६

pm oli९ असार, काठमाडौं । कलाकारको एकटोली बुधबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटार पस्यो । प्रधानमन्त्रीको सचिवालयले दिएको समयमै पुगेको कलाकार टोलीले दुई घण्टा १५ मिनेट प्रतिक्षा गर्नुपर्‍यो ।

सावा ११ बजे प्रधानमन्त्री केपी शर्मा ओली प्रकट भए । शुरुमा परिचयात्मक कार्यक्रम भयो । त्यसपछि कलाकार टोलीले आफूहरु आउनुको कारण सुनाए । उनीहरु संघले पहिलोपटक आयोजना गर्न लागेको अवार्ड समारोहमा प्रमुख आतित्थ्यका लागि प्रधानमन्त्रीलाई निम्ता गर्न गएका थिए ।

‘हजुरले हाम्रो प्रमुख अतिथीका रुपमा उपस्थित भएर हाम्रो कार्यक्रमको शोभा बढाइदिनुपर्‍यो,’ संघका एक पदाधिकारीले अघि सरेर भने । अनि प्रधानमन्त्रीलाई निम्तोपत्र हस्तान्तरण गरियो ।  निम्तोपत्र पढिसकेर ओलीले भने, ‘यतिका हिरो-हिरोइनसँग भेट हुने रहेछ, म आइहाल्छु नि ।’

त्यसपछि शुरुभयो हाँसो ठट्टा र घोचपेचको क्रम । हास्यकलाकार जितु नेपालले प्रधानमन्त्रीलाई फुक्र्याउदै भने, ‘तपाई जहाँ पनि हँसाउनु हुन्छ, म तपाईको टाइमिङको फ्यान हुँ ।’

ओलीले मख्ख पर्दै जवाफ दिए, ‘हाँस्नु त पर्छ नी । नहाँस्ने हो भने जीवनको मज्जा कसरी लिने ? नेपालमा एकथरि मान्छे नहाँसेपछि विद्वाान भईन्छ भन्ने ठान्छन् । म त्यो मान्दिन ।’

वालुवाटारको मुसा बिराला जत्रा

jitu 11कार्यक्रममा कलाकार कृष्ण मल्लले कलाकार संघलाई राज्यले भवन उपलब्ध गराउनुपर्ने कुरा राखे ।

भृकुटीमण्डपमा भएको हाइभिजन हलको प्रसंग निकाल्दै मल्लले भने ‘भृकुटी मण्डपको हलमा मुसा कुदिरहेको छ त्यो हल हामीलाई जिम्मा दिनुस्, हामी चलाउछौं ।’

त्यसपछि प्रधानमन्त्री हलमा भन्दा मुसामा केन्द्रित भए । ‘मुसाको कुरा गर्नु भयो, मुसा त वालुवाटारमा पनि यति धेरै छ कि रातभरी सुत्नै दिँदैन ।’ त्यसमा जितुले थपिहाले, ‘बालुवाटारका मुसा त चानचुने हैनन् नि, पक्कै बिराला जत्रा होलान् ।’

प्रधानमन्त्रीले जवाफमा भने, ‘त्यहि त भन्या, यहाँका मुसा पनि ढाडे बिराला जत्रा पो छन् ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीसंगै सञ्चारमन्त्री शेरधन राई पनि सहभागी थिए । कलाकार संघकातर्फबाट अध्यक्ष रामकेशर बोगटी, नीर शाह, सरीता लामिछाने, मेलिना मानन्धर लगायतको पनि उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?