Comments Add Comment

जब यूवतीहरु सौगात-सौगात भनेर चिच्याए

saugat malla with lady
काठमाण्डौमा खासै नदेखिने कलाकारको क्रेज काठमाण्डौ बाहिर भने खुबै देखिन्छ । अधिकांश कलाकार काठमाण्डौमा मात्र सिमित भएको पाइन्छ । तर, काठमाण्डौ बाहिर उनीहरुको फ्यान क्रेज गजबकै छ ।
आफू अभिनित चलचित्र ‘लुकामारी’को विशेष शोका लागि पोखरा पुगेका नायक सौगात मल्लले सायद यहि कुराको अनुभव गरे होलान् ।

सौगात मिडिया र दर्शकसम्म खासै आउँदैनन् । दर्शक र मिडिया भनेपछि टाढा हुन रुचाउने सौगातप्रति फ्यानको माया अथाहा रहेछ । उनीहरु सौगातको अभिनयबाट खुबै प्रभावित भएको देखियो । सौगात जब सिनेप्लेक्स हलमा पुगे, यूवतीहरु झुम्मिए र चिच्चाए । फोटो खिच्नेको भिड लागेपछि सौगात २० मिनेट बढी रोकिनु परेको थियो ।

हलमा पनि उनलाई आफू छेउमै बस्नका लागि यूवतीले गरेको आग्रह अचम्म लाग्दो थियो । आफू भन्दा अगाडिको सिटमा सौगात बसेपछि एकजना यूवतीले भनिन्-‘अब म चलचित्र हेर्दिन, सौगातलाई मात्र हेर्छु ।’
पर्दामा सौगात देख्ने वित्तिकै यूवतीको हुटिङले हल गुञ्जिएको थियो ।

आजबाट रिलिज भएको यो चलचित्रले बिहानी सुरुवात राम्रो गरेको छ । काठमाण्डौको जय नेपाल हलमा दर्शकले चलचित्र हेरेर रमाइरहेको निर्माणपक्षले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment