+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

धनुषामा महिला हिंसाका घटना बढ्यो

राजकमल सिंह राजकमल सिंह
२०७३ असार १२ गते १७:१८

mahila-himsa

१२ असार, जनकपुरधाम । धनुषामा पछिल्लो समय महिला हिंसाको घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार धनुषामा पछिल्लो ६ महिनामा ६० वटा मानवअधिकार हननको घटना भएको हो ।

प्रतिवेदन अनुसार सन् २०१६ को जनवरी देखिदेखि जुनसम्म ६० वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।

यी घटनाहरुमा ४ हत्या, ५ ज्यान मार्ने प्रयास, ३ बलात्कार, १ बलात्कारको प्रयास, १ अपहरण, ८ झडपमा घाइते, १ बोक्सीका आरोप, ७ बहुविवाह, ३ दाइजो कारण कुटपिट, २ यातना र ३३ घरेलु हिंसा गरि जम्मा ६८ जना पीडित भएका छन् ।

राज्य पक्षबाट १० जना पीडित भएका छन् । गैरराज्य पक्षबाट ५८ जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ । झडपको क्रममा प्रहरीले ६ जनालाइ कुटपिट गरेको, २ जनालाई यातना र २ जनालाई गोली प्रहार गरी घाइते बनाएको छ । ६ महिनामा प्रहरीबाट १० जना पीडित भएको घटना यस प्रतिवेदनमा समेटिएको छ ।

सन् २०१५ मा ३ सय ८४ जना पीडित भएको इन्सेक धनुषाको अभिलेखले देखाएको छ । सन् २०१५ जनवरी देखि डिसेम्वर सम्ममा जम्मा १६२ घटनामा जम्मा ३ सय ८४ जना पीडित भएका थिए । राज्य पक्षबाट २ सय ४४ र गैर राज्य पक्षबाट १ सय ४० जना पीडित भएको २०१५ को प्रतिवेदनमा उल्लेख छ । जसमध्ये महिला हिंसाबाट ८१ जना पीडित भएको तथ्यांक छ ।

धनुषामा अपराधका घटनामा अपराधीहरुलाई तुरुन्त कानुनी कठघेरामा ल्याउने काम भइरहेकोले अहिलेको अवस्थामा प्रहरीले सबै पिडितलाई न्याय दिलाउन सफल हुन नसकेको स्थानीय शान्ति समिति संयोजक श्रीनारायण प्रतिहस्तले बताए ।

आर्थिक चलखेलले महिला हिंसाका घटनाको अनुसन्धान फितलो

मानव अधिकार हननका घटनाहरुमा आर्थिक चलखेल भएको कारण अनुसन्धान फिलतो हुने गरेकोले मानवअधिकारकर्मीहरुले यस्ता विषयमा ध्यान दिनु पर्ने शान्ति समितिका संयोजक प्रतिहस्तले जोड दिए ।

इन्सेक मानवअधिकार हननको घटनालाई बाहिर ल्याएर सरोकारबालाहरुलाई झकझकाएको महिला आयोगको पुर्व सदस्य मन्जु कुमारी यादवले बताइन् । सामाजिक अन्धकारको कारण महिलामाथि दुव्र्यहार, हिंसा बढेको गरेकोले समाजिक न्यायको लागि सबै सचेत हुनु पर्ने यादवले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?