+
+
Shares

इंग्ल्याण्ड हार्दा वेल्सका खेलाडीहरु खुसी !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १४ गते १०:५७

काठमाडौं । युरोकपको प्रिक्वार्टरफाइनलमा इंल्याण्ड पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको आइसल्याण्डसँग पराजित भयो ।

Wales_england३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्डसँगको हार इंग्ल्याण्डका लागि लज्जास्पद थियो । हारपछि इंग्ल्याण्डका खेलाडीहरुमा त्यो पीडा प्रष्ट देखिन्थ्यो ।

तर, इंग्ल्याण्ड हार्दा वेल्सका खेलाडीहरु भने खुसी देखिएका छन् । इंल्याण्डले चौथो मिनेटमा नै रुनीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

तर, दुई मिनेटपछि नै आईसल्याण्डका ग्यागनर सेगुट्सनले बराबरी गोल फर्काए । यो गोलसँगै होटलमा बसेर खेल हेरिरहेका वेल्सका खेलाडीहरुले खुुसी मनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसरी खुसी मनाउनेमा आर्सनलका आरोन राम्सी र लिभरपुलका जोए एलन समेत थिए ।

आइसल्याण्ड जितेको भन्दै इंग्ल्याण्ड हारेकोमा उनीहरु खुसी भएको हुनुपर्छ । किनकी समूह चरणमा भएको खेलमा वेल्स इंग्ल्याण्डसँग २-१ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?