+
+

दाताको सहमतिविना एकमुष्ट २ लाख अनुदान असम्भव

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते ६:५३

Gorkha Laprak, earthquake Victims (19)१५ असार, काठमाडौं । भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन दातासँग गरिएको सम्झौता बाधक देखिएको छ ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण यमहतले विश्व बैंकलगायतका दाताहरुसँग गरेको सम्झौताका कारण सरकारले चाहेर पनि एकमुष्ट दुई लाख रुपैयाँ दिन नसक्ने देखिएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि आयोजना गरिएका दाता सम्मेलनअनुसार अघिल्लो सरकारले विश्व बैंकसहित उसको अगुवाइमा दातृ निकायसँग समझौता गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा अर्थमनत्री महले २९ साउन २०७२मा दातृ निकायसँग सम्झौता गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

भूकम्पपीडितलाई एकमुष्ट रुपमा अनुदान रकम दिन नपाइने किटानी व्यवस्थासहत राखिएका अन्य कतिपय अव्यवहारिक प्रावधानकै कारण पीडितले लामो समयसम्म अनुदानसमेत पाउन नसकेको पाइएको छ । दातासँग गरिएको समझौतामा दुर्ए किस्ताभन्दा बढीमा मात्रै अनुदान बाँड्न पाइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?