+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रौतहटमा १० प्रतिशत मात्रै रोपाईं

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ असार १५ गते १३:५१

Rautahat-ropai

१५ असार, रौतहट । असारको आधा महिना बितिसक्दा पनि पर्याप्त पानी नपरेका कारण रौतहटका अधिंकाश धान खेतहरु बाँझै छन् ।

मानो रोपेर मुरी फलाउने दिन १५ असारलाई राष्ट्रिय धान दिवसको रुपमा देशैभर मनाइरहँदा रौतहटमा भने १० प्रतिशतभन्दा बढी रोपाईं हुन सकेको छैन ।

कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको रौतहटमा झण्डै ४९ हजार ३ सय हेक्टरमा धान खेती हुन्छ । धान खेतीका लागि आकाशे पानीको भर पर्दा समयमै रोपाईं हुन नसकेको जिल्ला कृषी विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताए ।

मनसुन शुरु भए पनि विगत चार दिनयता रौतहटमा पानी परेको छैन । चर्को घामका कारण सुकेका खेतहरुमा पम्पसेटले पानी हालेर महंगो सिचाईं गरी खेती गर्न सम्भव नभएको गौर ६ टिकुलियाका किसान हरदेव साहले बताए ।

‘असारको पहिलो हप्तादेखि पानी राम्रै पर्ने लक्षण देखिएको थियो । खेतमा हालेको बिउ अहिले पानी अभावले नै सुक्न थाल्यो,’ किसान साहले भने, ‘रोपाईंको लागि घण्टाको चार सय रुपैयाँका दरले पम्पसेटले पानी हाल्दै छु ।’

Asar-15-Rautahat1

नहरमा पानी छोडिएन

आकाशे पानीले साथ नदिएपछि रौतहटका किसान निराश बनेका छन् । ‘वर्षाको भरमा खेती गर्ने चलन भएकाले र सिचाईं नहरमा पनि पानी अहिलेसम्म नछोडिएकाले १० प्रतिशतभन्दा बढी रोपाईं हुन सकेको छैन,’ कृषी विकास कार्यालय रौतहटका प्रमुख यादवले भनेे, ‘मनसुनी अवस्था यसपटक राम्रो हुनुपर्ने हो तर रौतहटमा भने धान खेतीका लागि चाहिने जति वर्षा नभएका कारण किसान चिन्तित छन् ।’

जिल्लाको उत्तरी भेगमा बाग्मती सिचाईं आयोजनाको नहर पनि मर्मतका क्रममा रहेकाले नहरमा पानी छोडिएको छैन । पूर्णरुपमा अकाशे पानीमा निर्भर रहेका किसानका खेतहरु चर्को गर्मीका कारण सुकेर चिरा पर्न थालेका छन् । मनसुनी वर्षा कुरेर बसेका किसानले समयमा पानी नपरेपछि खेती गर्न गाह्रो भएको बताएका छन् । आर्थिक रुपमा सबल भएका केही किसानले बोरिङ र पम्पसेटहरुबाट पानी हालेर रोपाईं गरे पनि ठूलो मात्रामा खेतहरु बाँझै छन् । पम्पसेटहरुबाट पानी हाल्दा प्रतिघण्टा चार सय रुपैयाँ लाग्ने भएकाले पनि महंगो रोपाईं गर्न सक्ने क्षमता सबै किसानमा छैन ।

Asar-15-Rautahat

तराईलाई अन्नको भण्डार भनिए पनि कृषिमा सरकारी चासो कम हुनु, किसानलाई चाहिने सिचाईंको व्यवस्था नभएकाले प्रशस्त उब्जनी गर्नसक्ने जमिनहरु पनि बाँझो रहने गरेको किसानको गुनासो छ ।

आज धान दिवस मनाइरहँदा रौतहटका किसान भने पानी हाल्ने यन्त्रको महंगो लागत खर्च धान्न नसकेर आकाश हेरेर बसीरहेका छन् । आकाशमा बादल देखिए पानी पर्ने आशमा रहने किसान ढिलो मनसुनी वर्षाका कारण यस वर्ष आफ्नो गुजारा चलाउन नै गाह्रो हुने चिन्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?